भैरहवामा भानुजयन्ती मनाइयो

781

भैरहवामा भानुजयन्ती मनाइयो

vanu jyantiभैरहवा, २९ असार । ”एकदिन नारद सत्यलोक पुगिगया , लोकको गरुं हित भनी “ भन्ने श्लोक बुधवार विहानभरी भैरहवा बजारमा घन्कियो ।

सन्दर्भ थियो आदिकवि भानुभक्त आचार्यको २०३ औं जन्मजयन्तीको । आदिकवि आचार्यको जन्मजयन्तीको अवसरमा सिद्धार्थ साहित्य परिषद र सामुहिक विद्यालय परिवारको संयुक्त आयोजनामा भैरहवामा विशेष प्रभात फेरी आयोजना सम्पन्न भएको छ ।

भैरहवाको भैरहवा नमुना उच्च माध्यमिक विद्यालयबाट विहान ७ बजे शुरु भएको प्रभात फेरी रयालीको समुद्घाटन रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले गर्नु भएको थियो ।

नेपाल प्रहरीको ब्यान्ड बाजा सहित भैरहवा नमुना उच्च माविबाट हिडेको ¥याली मिलनचौंक, प्रहरी टोल, विद्रोही चोक, नारायणस्थान, ब्रमेलीटोल, बुद्धचौक, प्रभातपथ , भानु पथ हुदै भानु माविमा पुगेको थियो ।

भानुमाविमा त्यहां रहेको भानुको प्रतिमामा रयालीका सहभागीले माल्यापर्ण गरी श्रदा व्यक्त गरेका थिए ।

परिषदका अध्यक्ष डिल्लीराज भट्टराइ र सामुहिक विद्यालय परिवारका अध्यक्ष राजेन्द्र घिमिरेको संयुक्त सभापतित्वमा आयोजना भएको उक्त कार्यक्रममा प्रमुअ अतिथी रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकाल, प्राज्ञद्धय बुंद राना र गोपीरमण उपाध्यय, प्रा.डा कपील लामिछाने, प्रा.डा गितु गिरी लगाएतले आदिकवि आचार्यको योगदानको चर्चा गरेका थिए ।