अदक्ष वढी जोखिममा

639

अदक्ष वढी जोखिममा

sipबुटवल, २९ असार । कुनै पनि ज्ञान र सिप विना विदेशीने युवाहरु वढी जोखिममा रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

आफुले जान्दै नजानेको काम गर्दा वढी जोखिम हुने भन्दै उनहिरुले कमाउन गएका युवाहरुको शव विमानस्थलमा आउने क्रमललाई रोक्न सिप सिकाउन आवश्यक भएको बताए ।

सम्बन्धीत विषयमा ज्ञान तथा सिप भएमा काम गर्न सजिलो पनि हुने भएकाले लेवरका रुपमा विदेशीने युवाहरु जतिसुकै वेला पनि दुर्घटनामा पर्न सक्ने उनीहरुको चिन्ता छ ।

व्यवसायीक सिप विकास तालिम केन्द्र बुटवलले आयोजना गरेको तालिम समापन तथा प्रविधि समाग्रि हस्तान्तरण कार्यक्रममा वोल्दै उनीहरुले यस्तो बताएका हुन् ।

तालिम केन्द्रका प्रमुख वालकृष्ण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सिप विकास तालिम केन्द्रका निर्देशक कृष्ण खनालले  युवाहरुलाई सिप अति नै आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा नेपाली कांग्रेसका सचिव रामकृष्ण खांण तथा एमाले प्रचार विभाग प्रमुख तेजेन्द्र केसीले रोजगारीको अभावमा युवाहरुको एउटा ठुलो शक्ति विदेश पलायन हुनु दुर्भाग्य पुर्ण रहेको बताउदै यसललाई पुर्णरुपमा रोक्न नसके पनि कम गर्नका लागि स्वरोजगारमुलक सिप सिकाउनु पर्ने बताउनु भयो ।

कार्यक्रममा समाजसेवी सावित्रा अर्याल, हिमलाल बस्याल, देवकला कुवंर, प्रकृति वस्याल, संगम मैनाली लगायतले बोल्नु भएको थियो । सो अवसरमा प्लम्वीङ, विद्युत्, सिलाई कटाई, व्यूटी पार्लर सिकेका झण्डै एक सय जनाललाई प्रमाण पत्र प्रविधि हरु वितरण गरिएको थियो । कार्यक्रममा उत्कृष्ट चार जना लाई नगद पुरस्कार समेत प्रदान गरिएको थियो ।