बुटवलमा भानुको सम्झना

904

बुटवलमा भानुको सम्झना

bhanubhaktaबुटवल, २९ असार ÷ लुम्बिनी बाङ्मय प्रतिष्ठान नेपाल र बुटवल साहित्य कला सस्कृति प्रतिष्ठान रुपन्देहीले पनि २ सय ३ औं भानुजयन्ती बिशेष कार्यक्रम गरि मनाइएको छ ।

बुधबार बुटवल पब्लिक स्कूलमा सम्मान सहित आदिकवि भानुभक्त आचार्यको जीवनीबारे चर्चा गर्दै जन्मजयन्ती मनाइएको हो । कार्यक्रमका प्रमुख अतिथि साहित्यकार डा. मुरारी पराजुलीले आदिकवि भानुभक्त आचार्यले नेपाली साहित्यमा बिशिष्ट योगदान पु¥याएको बताउनुभयो ।

कार्यक्रममा साहित्यकार हुमाकान्त काफ्लेले भानुक्त आचार्यको जीवनीबारे प्रष्ट्याउँदै भानुभक्तले नेपाली साहित्यमा फरक धारको शुरुवात गरेको बताउनुभयो ।

कार्यक्रममा पूर्व जिल्ला शिक्षा अधिकारी अब्दुल रउफ खाँ, साहित्यकार डा. माधव पन्थी, नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष बालकृष्ण चापागाई, पत्रकार मदन पौडेल, लेखक डा. बाबुराम ज्ञवालीले बोल्दै भानुभक्तको साहित्य चर्चा गर्दै साहित्यकारलाई सम्मान गर्नुपर्ने बताउनुभएको थियो ।

सो अवसरमा भानुसम्बन्धि रचना डा. हिरण्य ज्ञवाली र सस्कृतविद् राजेन्द्र आचार्यले गर्नुभएको थियो । कार्यक्रममा लेखक÷साहित्यकार झपेन्द्र जिसी र नारद गौतमलाई सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि डा. पराजुलीले दोसल्ला तथा सम्मानपत्र प्रदान गरि सम्मान गर्नुभएको हो । भानुजयन्तीकोजन्मजयन्ती मनाइएको सो कार्यक्रममा बुटवलका बरिष्ठ पत्रकार प. बाबुराम भट्टराईप्रती श्रद्धान्जली दिइएको थियो । स्व. भट्टराईको बारेमा लेखक ऋषि आजादले जीवनीबारे प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा शारदा पौडेल, दुर्गा पौडेल, गिरी श्रीष, कृष्णप्रसाद कोइराला, चर्तुभुज आत्रय, नन्दीकेशर ढकाल, कविराज पौडेल, प्रकृति न्यौपाने, गुणनिधि पन्थी, श्रृष्टि काफ्ले, कपिल अधिकारी लगायतले रचना वाचन गर्नुभएको थियो । कार्यक्रम लुम्बिनी वाङ्मय प्रतिष्ठानका अध्यक्ष हिमलाल ज्ञवालीको अध्यक्षता, बुटवल साहित्य कला सस्कृति प्रतिष्ठानका अध्यक्ष दीपक ज्ञवालीको सञ्चालन एंव साहित्यकार जंगबहादुर शाहको स्वागतमा सम्पन्न भएको थियो । कार्यक्रम गर्नुअघि बुधबार विहान बुटवलको भानुपार्क सरसफाई गर्नुका साथै माल्यापर्ण गरिएको थियो ।