छोरी र श्रीमतीसँगै रहेका वलीको हत्या

1.3K

छोरी र श्रीमतीसँगै रहेका वलीको हत्या

hatyaगुल्मी, ३१ असार । गुल्मीको बाझकटेरी गाविसमा गएराति एक जनाको हत्या भएको छ ।

बाझकटेरी–१ छहराका ५५ वर्षीय छत्रबहादुर सेन वलीको गएराति अज्ञात समूहले हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

राति १ बजेतिर २ जनाको समूहमा आएका अज्ञात समूहले आफूलाई समस्या परेको बताउँदै ढोका खोल्न लगाई पैसा मागेको र पैसा छैन भनेपछि एक्कासि धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भोला रावलले जानकारी दिनुभएको छ ।

हत्या गर्ने समूहको खोजी भइरहेको समेत प्रहरीले जनाएको छ । छोरी र श्रीमतीसँगै घरमा रहेका सेन वलीको हत्या गरेपछि उक्त समूहले दुई थान मोबाइल र कानमा लगाएका सुनका गहना समेत लुटेर लगेको बताइएको छ ।

घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय पुर्कोटदहको प्रहरी टोली पुगिसकेको छ । रासस