डा केसीको समर्थन गर्दै प्रदर्शन

460

डा केसीको समर्थन गर्दै प्रदर्शन

काठमाडौँ, १ साउन । चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा भएको बेथितिविरुद्ध अनशन बसेका डा गोविन्द केसीको समर्थनमा प्रदर्शन गरिएको छ ।

डा केसीले राखेको मागको समर्थन गर्दै आज माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म पदयात्रा निकालिएको हो । प्रदर्शनमा ‘माथेमा प्रतिवेदन पूर्णरुपमा कायम गर, स्वास्थ्यमा गुणस्तर कायम गर, माफियाको मिसन सिटामोलमा कमिसन, डा केसीको अनशन मेडिकल माफियालाई टेन्सन, जनता लुट्न पाइदैन मेडिकल माफिया चाहिँदैन लगायतका नारा लगाइएको थिए ।

प्रदर्शनमा बिवेकशील नेपाली दल, राष्ट्रिय चिकित्सक शिक्षा सुधार अभियान, नेपाली समाज संस्था साथै चिकित्सक, नर्स, नागरिक समाज, लेखकलगायत दुईहजार व्यक्तिको सहभागिता रहेको थियो ।

प्रदर्शनमा डा सरोज धितालले मेडिकल क्षेत्रमा देखिएको विकृति र विसङ्गति चिर्न डा केसीको अनशन भएको बताउनुभयो । उहाँले अनशन नेपाली जनताको हितमा भएको स्पष्ट पार्नुभयो ।