सत्ता हत्याउने प्रयास बिफल– राष्ट्रपति तैयप

1.3K

सत्ता हत्याउने प्रयास बिफल– राष्ट्रपति तैयप

अङ्कारा, १ साउन । टर्कीमा सत्ता हत्याउने प्रयास विफल भएको राष्ट्रपति एर्डोगान तेयिपले बताएका छन् । दुई ठूला सहरहरु इस्तानबुल र अङ्कारामा गएराति भएको गोलाबारी र विस्फोटका घटनापति विद्रोही सेनाका ७०० भन्दा बढीलाई सरकार समर्थित सेनाले गिरफ्तार गरेको छ ।
पक्राउ पर्नेमा जर्नेलसहित २९ जना उच्च पदस्थ सैनिक अधिकारी रहेका छन् । सेना र विद्रोहीको गोली लागेर कम्तीमा ९० जना नागरिकको मृत्यु भएको छ । टर्कीको टेलिभिजनले इस्तानबुलस्थित बोसफोरस नदीको पुलमा बख्तरबन्द गाडीहरुबाट दर्जनौँ सेनाले आत्मसमर्पण गरेको देखाएका छन् ।

तथापि, राजधानी अङ्काराका ठाउँठाउँमा विस्फोट र गोली चलेको आवाज आइरहेको छ । राष्ट्रपति तैयपले टर्कीको सत्ता लिएको १३ वर्ष पुग्नै लागेको छ, र यसबीचमा उहाँको सत्ताविरुद्ध आवाज उठ्न थालेको छ ।

हाल छुट्टीमा रहेका राष्ट्रपति तैयप रातारात इस्तानबुल फर्किनुभएको थियो । उहाँ फर्कदा टर्कीका सडकमा हजारौं समर्थकले उहँलाई स्वागत गरेका थिए । यद्यपि राष्ट्रपतिको विरोधमा समेत सहरका विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन् ।

‘यो राष्ट्रद्रोह हो, यो विद्रोहको कार्यमा संलग्नले महंगो मूल्य चुकाउनु पर्नेछ’ राष्ट्रपति एर्डोगानले विमानस्थलमा भन्नुभयो । सरकारले परिस्थितिलाई नियन्त्रणमा लिने उद्देश्यले दुवै सहरका विभिन्न स्थानमा कफ्र्यु लगाएको घोषणा गरेको छ । रासस÷एएफपी