इनरह्विलले मनायो अनाथहरुसँग साउने सक्रान्ति

338

इनरह्विलले मनायो अनाथहरुसँग साउने सक्रान्ति

khana

बुटवल, १ साउन । इनरह्विल क्लब अफ रुपन्देहीले बुटवल १३ स्थित अपाङ्ग आश्रमका अनाथहरुसँग साउने सक्रान्ति पर्व मनाएको छ  ।
रोटरी क्लब अफ बुटवल डाउनटाउनको स्पोन्सरमा स्थापित क्लवबले शनिबार साउने सक्रान्तिमा सबैजना आ–आफ्नो घरमा रमाइरहेका बेला आश्रमका अपाङ्ग बालबालिका र बृद्धहरुलाई खाना खुवाएर सक्रान्ति पर्व मनाएको हो ।

सामाजिक सेवा गर्ने उदेश्यले स्थापित क्लबले स्थापनाको पहिलो कार्यक्रम अपाङ्ग आश्रममा साउने  सक्रान्ति पर्व सँगै मनाएर शुरु गरेको छ ।
सो अवसरमा प्रमुख अतिथि रोटरी क्लब अफ बुटवल बुटवल डाउन टाउनका अध्यक्ष राजेन्द्र ढकालले क्लबमा आबद्ध महिला दिदी बहिनीहरुले आफ्नो घरमा रमाएर बस्ने बेलामा अनाथहरुलाई खाना खुवाएर साउने सक्रान्ति मनाएकोमा खुशि व्यक्त गर्दै निरन्तर यस्तै रचनात्मक काम गर्न सुझाव दिनुभयो । उहाँले रोटरी क्लबले समेत अपाङ्ग आश्रमको भौतीक पूर्वाधार विकासमा आगमि दिनमा सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा रोटरी क्लब अफ बुटवल डाउन टाउनका आगामि अध्यक्ष जीवन अधिकारीले क्लबले स्थापनाको छोटो समयमै उदाहरणीय काम गरेको भन्दै निरन्तर यस्तै काम गर्न सुझाव दिनुभयो । क्लबका अध्यक्ष ईना उपाध्यायको अध्यक्षता, उपाध्यक्ष हेमा न्यौपानेको स्वागत एंव सचिव मञ्जु आचार्य घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । आश्रममा रहेका २४ जनालाई इनरह्विल क्लब रुपन्देहीले खाना खुवाएको हो ।

आश्रममा आएर साउने सक्रान्ति सँगै मनाएकोमा आश्रमका उपाध्यक्ष लोकबहादुर थापाले धन्यवाद ज्ञापन गर्नुभयो ।