आर्यआजनमा एक अर्ब ४४ करोड लगानी

275

आर्यआजनमा एक अर्ब ४४ करोड लगानी

पाल्पा, २ साउन । बेरोजगार युवालाई स्वरोजगार बनाउने आर्यआजनका कार्यक्रममा गत आर्थिक वर्षमा पाल्पा जिल्लाका सहकारी संस्थाले रु एक अर्ब ४४ करोड ८८ लाख ७० हजार ऋण लगानी गरेका छन् ।

जिल्लाका विभिन्न सहकारीले गरिबी हटाउने अभियान अन्तर्गत सो रकम लगानी गरेका हुन् । जिल्लाका सहकारीले आफ्नै पुँजी र अन्यत्रबाट सङ्कलन गरेको रु १० करोड ३६ लाख ४३ हजार रकमबाट रु १७ करोड एक लाख ५८ हजार आम्दानी गर्न सफल भएको डिभिजन सहकारी कार्यालय पाल्पाका प्रमुख कुष्णबहादुर बोहोराले बताउनुभयो ।

जिल्लामा ६३ हजार ६३० सेयर सदस्य मार्फत सहकारीले ३५ हजार ७२६ महिला र २७ हजार ९०४ जना सदस्यलाई ऋण प्रवाह गरेको हो ।

सहकारीको रु चार करोड ७८ लाख ४६ हजार सम्पत्ति रहेको देखिएको प्रमुख बोहरा जानकारी दिनुभयो ।

यहाँका अधिकांश सहकारी संस्था व्यवस्थित रुपमा सञ्चालन भएसँगै तीनसय ४४ जनाले रोजगारी समेत पाएका छन् ।

जिल्लाभर १८ करोड ७७ लाख ५२ हजार रुपैयाँ सेयर पुँजी उठेको छ ।

जिल्लाभर सहकारी सञ्चालकको सङ्ख्या दुई हजार ४३० पुगेको छ । जिल्लामा सहकारीको बचत एक अर्ब २९ करोड २० लाख ७३ हजार, जगेडा रु पाँच करोड, अन्य कोषमा सञ्चित रु आठ करोड र खर्च रु ११ करोड देखिएको छ