संघसंस्थाका पदाधिकारीलाई भाषण कला तालिम

367

संघसंस्थाका पदाधिकारीलाई भाषण कला तालिम

ramesh
बुटवल, २ साउन । रोट्याक क्लव अफ बुटवलले एक दिने भाषण कला तालिम सम्पन्न गरेको छ । विभिन्न क्लब, संघसस्थाका पदाधिकारी तथा सदस्यहरुलाई उक्त तालिम दिइएको हो ।

बुटवलमा भएको तालिममा ६० जना भन्दा बढी सहभागिहरुलाई बुटवल एफ एमका कार्यक्रम संयोजक रमेश अर्यालले प्रशिक्षण दिनु भएको थियो ।
बर्तमान समयमा प्रभावकारी भाषणकलाको महत्व दिनानुदिन बढ्दै गएकोले विभिन्न क्लव तथा संघसस्थामा आवद्ध युवाहरुको वाक कला विकास गर्ने लक्ष्यले तालिम आयोजना गरेको रोट्याक क्लव अफ बुटवलका अध्यक्ष बसन्त श्रेष्ठले बताउनु भयो ।

कार्यक्रममा बोल्दै विशेष अतिथि एम्स कलेजका क्याम्पस प्रमुख दिपक ढकालले असल भाषणले  सभ्य समाज निमार्ण गर्न सहयोग पुराउने हुदाँ सवैले सिक्न जरुरी रहेको बताउनु भयो ।

रोटरी क्लव अफ बुटवलका अध्यक्ष तथा प्रमुख अतिथि आमोद सिमाङगैडाले तालिममा सिकेका कुराहरुलाइ सहभागिहरुले ब्यवहारमा उतार्नु नै महत्वपुर्ण कुरा भएको धारण राख्नु भयो ।

कार्यक्रममा रोट्याक डिष्ट्रिकको तर्फबाट रिजेश ज्ञवाली मिस नेपालमा सहभागी करुण खड्का, कार्यक्रम संयोज राजिब खनाल, दिपेश अग्रहरी, गौरब खनाल लगाएतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रमको संचालन रोट्याक क्लव अफ बुटवलका सचिब राजु पुनले गर्नु भएको थियो ।