बुटवल, २ साउन । नेपाली काँग्रेस रुपन्देहीले बिपी कोईरालाको स्मृती दिवसमा बृक्षरोपण गर्ने भएको छ ।
नेपाली काँग्रेस रुपन्देहीको आईतवार भैरहवा स्थित पार्टी कार्यालयमा बसेको बैठकले यही साउनको ६ गते परेको ३४ औं विपी जयन्तिका दिन देवदह नगरपालिका शितलनगर स्थित स्मृति सामुदायिक बनको हातामा बृक्षरोपण गर्ने निर्णय गरेको सचिव रामकृष्ण खाँणले जानकारी दिनुभयो । जिल्ला सभापति अव्दुल रज्जाकको सभापतित्वमा बसेको बैठकमा बदलिएको राजनीतिक परिस्थितीका बारेमा समेत समिक्षा भएको थियो ।
बैठकले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका बिचमा बिकास भएको राजनीतिक सम्बन्धलाई गहिराईमा पु¥याएर जारी संविधानलाई सफल कार्यान्वयन गर्न सकिए मात्रै विकसित सम्बन्धको अर्थ रहने निश्कर्ष निकालिएको थियो । त्यसका लागि दुवै दलले एक मत भएर काम गर्नुपर्ने र दुवै दलका बिभिन्न तह र तप्काबाट समेत सहयोग आवश्यक रहेको निश्कर्ष निकालिएको सचिव खाँणले बताउनु भयो ।
नेकपा एमालेको नेतृत्वमा बनेको गठबन्धनको सरकारले संविधान कार्यान्वयन गर्नै नसक्ने परिस्थितीका बिच संविधानको कार्यान्वयनकालागि नै नयाँ समिकिरण बनाएकोमा पार्टीको केन्द्रीय कार्यसमिति प्रति जिल्ला कार्यसमितिले आभार समेत व्यक्त गरेको छ ।