संघ संस्थाको सहयोगमा अधिकृत आवास गृह

149

संघ संस्थाको सहयोगमा अधिकृत आवास गृह

बुटवल, २ साउन । इलाका प्रहरी कार्यालय बुटवलमा निर्माण भएको प्रहरी अधिकृत आवास गृहको आइतबार उद्घाटन गरिएको छ ।

बुटवल क्षेत्रमा रहेको विभिन्न संघ संस्था तथा समाजसेवी व्यक्तिहरुको सहयोगमा निर्माण भएको प्रहरी अधिकृत आवास गृहको उद्घाटन पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रमुख एवं प्रहरी नायव महारिक्षक कमलसिंह बमले गर्नुभयो ।

यस क्षेत्रका संघसंस्था तथा विभिन्न व्यक्तिको सहयोगमा २६ लाख २९ हजार २ सय ५१ रुपैयांको लागतमा निर्माण भएको प्रहरी अधिकृत आवास गृह एक तलाको रहेको छ । भवन निर्माण समितिका संयोजक एवं पश्चिम नेपाल बस व्यवसायी संघ बुटवलका अध्यक्ष दधिराम खरेलले सवैको सहयोगका कारण प्रहरी आवास गृहको निर्माण भएको भन्दै सहयोग गर्ने सहयोगदाता प्रति कृतज्ञता प्रकट गर्नुभयो ।

०७२ साल फागुन १९ गते अञ्चल प्रहरी कार्यालय लुम्बिनीका प्रमुख शेरबहादुर बस्नेतले शिल्यानास गरेको उक्त भवन ४ कोठे रहेको छ । प्रहरीका अधिकृतहरुलाई सुविधा सम्पन्न आवस गृहको रुपमा निर्माण गरिएको भवन सवैको उर्जाको प्रतिफलले निर्माण भएको भवन निर्माणका संरक्षक एवं इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी महेन्द्र खड्काले बताउनुभयो ।

प्रहरी अधिकृत आवास गृह उद्घाटन कार्यक्रममा ईलाका प्रसाशन कार्यालय बुटवलका प्रमुख कृष्णप्रसाद भण्डारी, बुटवल उपमहानगरपालिका निमित्त कार्यकारी प्रमुख विष्णु खनाल, सिद्धार्थ यातायात व्यवसायी समितिका अध्यक्ष सुर्यकुमार सारु, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सिहं, रुपन्देही व्यापार संघका अध्यक्ष मोतिलाल पाण्डे, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेरबहादुर केसी लगायतले बोल्दै प्रहरीले नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभुति दिलाउने गरी अझ प्रविधिलाई पछ्याउदै अगाडि बढ्न सुझाव दिनु भएको थियो ।

सो अवसरमा भवन निर्माण समिति सदस्य र भवन निर्माणमा सहयोग गर्ने
सहयोगदातालाई पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रमुख एवं प्रहरी
नायव महारिक्षक कमलसिंह बम र भवन निर्माण समितिका संयोजक दधिराम खरेलले सम्मान गर्नु भएको थियो ।