बुटवल, २ साउन । शान्तिका लागि सञ्चार अभियान बुटवलद्धारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनले संवाददाताहरुसगको दुई दिने कार्यशाला लुम्बिनीमा सम्पन्न गरेको छ ।
बुद्ध टेलिभिजनको समाचारलाई थप प्रभावकारी बनाउन लुम्बिनी अञ्चलका संवाददाताहरुसग दुई दिने कार्यशाला गरेको हो । कार्यशालाले साउनदेखि बुद्ध टेलिभिजनले अझ बढि जनताको मुद्धा उठाउने गरि समाचार बुलेटिन तयार पार्ने निर्णय भएको छ ।
यसका साथै न्यूनतम पारिश्रमिक लागु गरि पत्रकार आचार संहिता पालना सहित
लुम्बिनी अञ्चल र प्रदेश नम्बर ५ लाई केन्द्रमा राखेर सामाग्री प्रशारण गर्ने
समेत कार्यशालामा छलफल भएको हो ।
कार्यशालालाई सम्बोधन गर्दैै टेलिभिजनका अध्यक्ष पृथ्वी फौदारले बुद्ध टेलिभिजन आर्थिक रुपमा सक्षम हुदै गएको भन्दै अब गुणस्तर सुधारमा ध्यान दिने बताउनुभयो । उहाँले अब टेलिभिजनलाई ५ नम्बर प्रदेशको एक नम्बर सञ्चारगृह बनाउने गरि तयारी भइरहेको बताउनुभयो ।
टेलिभिजनका कार्यकारी अधिकृत विष्णु प्रसाद भुसालले साउनदेखि राज्यले
तोकेको पारिश्रमिक दिन तयार रहेको भन्दै अब जिल्ला संवाददाताहरुको समेत
पारिश्रमिक बृद्धि गरिएको बताउनुभयो ।
कार्यशालामा टेलिभिजनको समाचार बुलेटिनका बारेमा समाचार प्रमुख बिक्रम
खड्काले अवधारणापत्र प्रस्तुत गर्दै अब खोजमुलुक समाचारलाई प्राथमिकता दिने गरि रिर्पोटिङ गर्न आग्रह गर्नुभयो । उहाँले टेलिभिजन पत्रकारिता तुलनात्मक रुपमा दुःख भएपनि यसको प्रभावकारीता बढेकाले स्थानीय मुद्धालाई तथ्यपूर्ण रुपमा समाचार बनाउन संवाददाताहरुलाई अपिल गर्नुभयो ।
सो अबसरमा टेलिभिजनका समाचार संयोजक कपिल ज्ञवालीले समाचारको
प्रभाबकारिता र गुणस्तरबृद्धिका लागि टिमवर्क जरुरी रहेको भन्दै प्रबिधिसंग
सहजढंगले खेल्न जानेमा पछिल्लो समयको टेलिभिजन पत्रकारिता गर्न अप्ठ्यारो नभएको उल्लेख गर्नुभयो ।
कार्यशालामा समाचार वाचक विनोद परियार, पाल्पा संवाददाता माधव अर्याल, कपिलबस्तु संबाददाता खगप्रसाद चापागाई र सिताराम चौधरी, अर्घाखाची सम्बाददाता प्रेमनारायण आचार्य, भैरहवा सम्बाददाता, राधेश्याम विश्वकर्मा,लुम्बिनी सम्बाददाता विन्दुकुमार चौहान, टेलिभिजनका
कार्यक्रम संयोजक खेमराज रेग्मी, प्रोडक्सन प्रमुख विजय पोखरेलले प्रविधि
सुधार गर्दै टेलिभिजनलाई थप व्यवस्थित बनाउन सुझाव दिनुभएको थियो ।
कार्यक्रम कार्यकारी अधिकृत भुसालको अध्यक्षता, सञ्चालक समिति कोषाध्यक्ष
अर्जुन काफ्लेको स्वागत एंव कार्यक्रम संयोजक खेमराज रेग्मीको सञ्चालनमा
सम्पन्न भएको हो ।