सुकुम्बासी दमनवारे बुटवलमा अन्तरक्रिया

493

सुकुम्बासी दमनवारे बुटवलमा अन्तरक्रिया

IMG_9207
बुटवल, असार । राज्यद्धारा सागरनाथ सुकुम्बासी वस्ती विस्थापित तथा दमन विषयक अन्तक्र्रिया कार्यक्रम रुपन्देहीको बुटवलमा सम्पन्न भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीको घोषित केन्द्रिय कार्यक्रमअनुसार आज साउन ३ गते अन्तरक्र्रियात्मक कार्यक्रम देशैभरी गरिएको स्रोतले बताएको छ ।
यता रुपन्देही जिल्ला पार्टीले बुटवलमा आज गरेको अन्तरक्रियात्मक कार्यक्रम बोल्दै प्रमुख वक्ता पार्टी सेक्रेटरी शरद ओलीले सरकारले गरेको दमनकारी रवैयाको घोर निन्दा गरेका थिए । कार्यक्रममा बोल्दै उनले भने ‘हिजो काठमाडौं कब्जा गर्न जनसेनालाई आदेश दिने आजका प्रतिक्रियावादी सरकारका गृहमन्त्रीलाई हिजो तिनकै लागी लडेर आज फेरी सुकुम्बासीमा डोजर चलाउने भन्दै आपत्ती जनाउनु भयो ।
त्यस्तै कार्यक्रममा नेकपा एमालेका प्रचारप्रमुख तेजेन्द्र केसी, नेपाली कांग्रेसका खिलराज पाण्डे, नेकपा क्रान्तिकारी) माओवादीका केन्द्रिय सल्लाहकार भुलबहादुर सुनारी, माक्र्सवादी विचार मञ्चका विनबहादुर कुंवर, माक्र्सवादी अध्ययन केन्द्रका आरसी चापागाई, नेकपा माओवादीका सल्लाहकार ज्योतीलाल वि.क., बरिष्ठ पत्रकार बालकृष्ण चापागाई , मानवअधिकार तथा शान्ति समाज नेपालका केन्द्रिय सचिव गोविन्द खनाल, नेपाल पत्रकार महासंघका शेरबहादुर केसी लगायतले बोल्दै राज्यले नागरिकलाई न्याय तथा समानता दिन सक्नुपर्ने बताउनुभयो ।
ार्यक्रमको सञ्चालन जिल्ला कार्यलय सदस्य अमर आरसीले गरेका थिए भने स्वागत मन्तव्य जनपरिषद्का प्रमुख शिशिर जिसीले राखेका थिए । कार्यक्रम जिल्ला कार्यालय सदस्य विश्वास भट्राईको सभापतित्वमा सम्पन्न भएको थियो ।
असार २१ गते सर्लाहीको सागरनाथमा रहेको सुकुम्बासी बस्तीमा सरकारले एक्कासी डोजर लगाउँदै प्रहरी प्रशासनहसहित गोली एवंम अश्रुग्यास चलाउँदा बालीनालीसहित ५ दर्जनभन्दा धेरै घरहरुमा डोजर लगाएर बालिनाली नष्ट गरेको बताइउको छ । सोको विरोधमा विप्लव नेतृत्वको नेकपा माओवादीले सुरुदेखी नै विरोध गर्दै विभिन्न संघर्षका कार्यक्रमहरु गर्दै आएको छ । संघर्षमा ५ गते देशैभरका सुकुम्बासी वस्तीहरुमा पुगी भेटघाट, जागरण तथा विरोध कार्यक्रम गर्ने र १० गते नेपालबन्द गर्ने पूर्वघोषित कार्यक्रमहरु रहेका छन् ।