बिपीको शालिकमा माल्यार्पण

818

बिपीको शालिकमा माल्यार्पण

B p chowk

बुटवल, ६ साउन । नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोइरालाको ३४ औं स्मृती दिवस आज विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

नेपाली कांग्रेस बुटवल उपमहानगरसमितिले बिपी चोकमा रहेको बिपीको शालिकमा माल्र्यापण गरेको छ । कार्यक्रममा बुटवल क्षेत्रमा रहेका नेपाली कांग्रेसका नेता, भातृ, भगिनी संगठन, शुभेच्छुकको उपस्थिती रहेको थियो ।

नेपाली कांग्रेस रुपन्देहीका पुर्व सभापति रामचन्द्र ढकालले माओत्सेतुङ जस्तो दार्शनिक र महात्मा गान्धी जस्तो अहिंसावादी भएकोले अहिले पनि बिपीको विचार सान्र्दभिक रहेको उल्लेख गर्नुभयो । उहांले कांग्रेस प्रजातान्त्रिक शक्ति रहेको भन्दै अन्य पार्टीहरुले प्रजातान्त्रिक संस्कार, व्यवहार देखाउन नसक्दा समस्या उत्पन्न भएको बताउनुभयो ।

कांग्रेस नगर सभापति खेलराज पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस जिल्ला सचिव रामकृष्ण खांण, क्षेत्रीय सभापति हरि लम्साल, महाधिवेशन प्रतिनिधी रिजन श्रेष्ठ, नेपाल प्रेस युनियन रुपन्देहीका सभापति विक्रम खड्का, वडा सभापतिका तर्फबाट कृष्ण न्यौपाने, नगर उपसभापति विमलराज भट्टराई, नगर सचिव ज्योती भण्डारी लगाएतले बिपीको मेलमिलापको नीति अहिलेको अवस्थामा अझ टड्कारो रुपमा खड्किएको औल्याएका थिए ।