देशभर भारी वर्षा

616

देशभर भारी वर्षा

काठमाडौँ, ६ साउन । मनसुनी रेखा नेपालतिर भएका कारण आज देशैभर वर्षात् भएको छ ।

न्यूनचापीय क्षेत्रमा मनसुनी गतिविधि केन्द्रित भएकाले त्यसको असरस्वरुप नेपालमा वर्षात् भएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो ।

“मनसुनी रेखा भनेको पानी पर्नका लागि बनेको न्यूनचापीय क्षेत्रहरुको लाइन हो, यो नेपालको पूर्वी भागबाट प्रवेश गरेको छ, न्यूनचापीय क्षेत्रमा अरबियन सागर र बङ्गालको खाडीबाट आएको जलवास्पयुक्त हावाको प्रभावले मौसममा खराबी आएको छ” – उहाँले भन्नुभयो ।

खासगरी मध्य र पूर्वी भेगमा भारी वर्षात् भएको र यो क्रम रातिसम्म जारी रहने छ, तुलनात्मक रुपमा पश्चिमी भेगमा कम पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विगत तीन÷चार दिनदेखि निरन्तर (केही घन्टा रोकिँदै) परेको वर्षात् अझै एक÷दुई दिन जारी रहने मौसमविद अर्यालले बताउनुभयो ।

निरन्तरको भारी वर्षाले पूर्वी पहाडी भेगमा बाढी पहिरोका घटना बढ्नसक्ने भन्दै सर्वसाधारणलाई सतर्क रहन मौसमविद्ले सुझाएका छन् ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज सबैभन्दा बढी सिमरामा १६० र सबैभन्दा कम ओखलढुङ्गामा ०.२ मिलीमिटर वर्षात् भएको छ ।

काठमाडौँमा १२ मिलीमिटर वर्षात् भएको छ । त्यसैगरी विराटनगरमा ७३, धनकुटामा ११, पोखरामा ३५, वीरेन्द्रनगरमा ६०, धनगढीमा १४ मिलीमिटर वर्षात् भएको छ ।