ईनरव्हील क्लवको पदस्थापन

1.3K

ईनरव्हील क्लवको पदस्थापन

jhabindra
दुई पत्रकार सम्मानित  
बुटवल, ६ साउन । ईनरव्हील क्लव अफ मिडटाउन बुटवलको सातौ पदहस्तान्तरण तथा आठौं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले मानविय सेवासँगै महिलाहरुको सशक्तिकरणमा सामाजिक क्वल तथा संस्थाहरुले महत्वपुर्ण भूमिका खेल्ने उल्लेख गर्दै सामाज रुपान्तरणको अभियानमा लाग्ने संस्थाहरु क्रियाशिल बनाउनु पर्नेमा जोड दिनुभयो ।

इनरव्हील क्लव वर्ष ०१५÷१६ का अध्यक्ष सरला भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा ईनरव्हील क्लवका संस्थापक अध्यक्ष आशा श्रेष्ठ, ईनरव्हील क्लव अफ बुटवलका अध्यक्ष शषी श्रेष्ठ, गौतमबुद्ध मुटु अस्पताल बुटवलका अध्यक्ष एजाज आलम, रोटरी क्लव अफ बुटवलका अध्यक्ष आमोदप्रसाद श्रेष्ठ, ईनरव्हील क्लव अफ लुम्विनीका अध्यक्ष ज्ञानु पौडेल, पुर्व अध्यक्ष पुष्पा श्रेष्ठ लगायतले आआफ्ना भनाई राख्नु भएको थियो ।

वर्ष २०१५÷१६ का सचिव रिता केसीको संचालनमा भएको कार्यक्रममा वर्ष २०१६÷१७ का अध्यक्ष तृष्णा श्रेष्ठ, सचिव राधा भट्टराई र कोषाध्यक्ष मिठ्ठु भण्डारीलाई वर्ष २०१५÷१६ का पदाधिकारीले पदहस्तान्तरण गर्नु भएको थियो ।
सोही अवसरमा मोफसलको राजधानी बुटवललाई कार्यथलो बनाई पत्रकारिताको क्षेत्रबाट उल्लेखनीय योगदान पुर्याएको तथा क्लव वर्ष २०१५÷१६ लाई सफल वर्ष बनाउन पत्रकारिताको क्षेत्रबाट भूमिका खेलेको भन्दै  बुटवलका दुई जना पत्रकारलाई क्लवले सम्मान गरेको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ढकालले बुटवल एफएमका पत्रकार झविन्द्र देवकोटा र लुम्बिनी टेलिभिजनकी पत्रकार भगवती पाण्डेलाई ताम्रपत्र तथा दोसल्ला ओडाएर सम्मान गर्नु भएको हो ।