बिपी स्मृती दिवसमा युनियनद्वारा बृक्षरोपण

425

बिपी स्मृती दिवसमा युनियनद्वारा बृक्षरोपण

unionबुटवल, ६ साउन । नेपाली राजनीतिक ईतिहासका धरोहर बिपी कोईरालाको स्मृती दिवसको अवसर पारेर नेपाल प्रेस युनियन रुपन्देहीले बृक्षरोपण गरेको छ ।

नेपाल प्रेस युनियनको केन्द्रीय कार्यक्रम अनुसार बिपी स्मृती दिवसका अवसर पारेर आज युनियनका जिल्ला शाखाहरुले ठाउँ ठाउँमा बृक्षरोपण गरेका छन् ।
सोही कार्यक्रम अनुसार युनियन रुपन्देहीले बुटवल ९ दीपनगर स्थित निकण्ठ बाबा धाम परिसरमा बृक्षरोपण गरिएको हो ।

बृक्षरोपण कार्यक्रमको उद्घाटन गर्दै युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष तथा जिल्लाका सल्लाहकार कांग्रेस क्षेत्र नं. ४ रुपन्देहीका सभापति हरि लम्सालले नेपालको राजनीति बिपी कोईरालाको वरिपरि नै घुमिरहेकाले उहाँको राजनीतिक ईतिहाँस जिवन्त रहिरहने र उहाँले देखाएको बाटोमा मुलुकलाई हिंडाउन सके बिकास टाढा नरहेको बताउनु भयो ।

सोही अवसरमा धामकी प्रमुख संरक्षक देवमायाँ भट्टराईले धामका परिसरमा प्रेस युनियनले बृक्षरोपण गरेर राम्रो काम गरेको बताउँदै रोपीएका बिरुवाको पूर्ण रुपमा संरक्षण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । युनियन रुपन्देहीका सभापति बिक्रम खड्काको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव कबिन्द्र नेपाल र धन्यवाद ज्ञापन सहसचिव तथा कार्यक्रम संयोजक झविन्द्र देवकोटाले गर्नुभएको थियो ।