संसदको बैठक भोलि २ बजे बस्ने

422

संसदको बैठक भोलि २ बजे बस्ने

samsad

काठमाडौँ, ६ साउन । व्यवस्थापिका–संसद्को आज २ बजेका लागि निर्धारित बैठक भोलि अपराह्न २ बजे बस्ने भएको छ ।

विशेष कारणवश बैठक भोलि २ बजेका लागि निर्धारण गरिएको संसद् सचिवालयले जनाएको छ ।

प्रमुख दलहरुबीच बजेटसँग जोडिएका आश्रित विधेयक अगाडि बढाउने कि अविश्वासको प्रस्ताव अगाडि बढाउने भन्ने विषयमा मतैक्य हुन नसकेपछि सचिवालयले बैठक बस्ने समय सारेको हो ।