मालीमा सङ्कटकाल घोषणा

445

मालीमा सङ्कटकाल घोषणा

डकार, ६ साउन । मालीमा सङ्कटकालको घोषणा गरिएको छ । मालीमा आगामी दश दिनका लागि सो सङ्कटकालको घोषणा गरिएको समाचारमा जनाइएको छ ।

मालीको नाम्पाला नगरमा भएको आतङ्ककारी हमलापछि मालीले बिहीबार सङ्कटकालको घोषणा गरेको हो । मालीको नाम्पालामा रहेको एक सैनिक क्याम्पमा दश सैनिकको ज्यान गएको थियो ।

उक्त हमलामा परी अरु दर्जनौँ सैनिक घाइते भएका छन् । मालीमा भएको यस आक्रमण आतङ्ककारीबाट गरिएको बताइएको छ ।

सरकारले मङ्गलबारदेखि तीन दिन सम्म राष्ट्रिय शोकको पनि घोषणा गरेको थियो । सो आक्रमणका विरुद्धमा यो शोकको घोषणा गरिएको थियो ।

सो आक्रमणको जिम्मेवारी भने कसैले लिएको छैन । यसलाई अज्ञात हतियारधारीबाट सो हमला भएको मालीको सेनाले बताउदै आएको छ । मालीमा गएका केही समयदेखि यस्ता हिंसात्मक गतिविधिहरु हँुदै आएका छन् । रासस÷सिन्ह्वा