पत्रकार हत्याको विरोध

506

पत्रकार हत्याको विरोध

किभ, ६ साउन । मध्य युक्रेनमा बुधबार एक वरिष्ठ पत्रकारको हत्या भएको घटनाको व्यापक मात्रामा विरोध गरिएको समाचार छ ।

बुधबार बिहान उहाँलाई आफ्नै कारमा यात्रा गरिरहेका बेला बम हमला गरी हत्या गरिएको समाचारमा जनाइएको थियो ।

युक्रेनका पत्रकार, मानवअधिकारवादी तथा प्रजातान्त्रिक दलहरुले सो हत्याको विरोध गरेका छन् । उनीहरुले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आवाज उठाउदा यसरी मारिनुपर्ने अवस्थाको तत्कालै अन्त्य हुनुपर्ने माग गरेका छन् ।

युक्रेनका पत्रकारहरुले पत्रकारको जीवन रक्षाका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले पत्रकार हत्यो यो क्रम नरोक्ने हो भने देश निरंकुशतातर्फ जाने पनि जनाएका छन् ।

युक्रेनका वरिष्ठ पत्रकार पाभेल सेरेसमतको बुधबार हत्या गरिएको थियो । उहाँ युक्रेनिस्का प्रभदा नामक सञ्चारगृहका पत्रकार हुनुहुन्थ्यो ।

उहाँ यसअघि रसियाको एक टेलिभिजनमा काम गर्नुहुन्थ्यो । उहाँलाई समाचारकै कारण हमला गरिएको हुनसक्ने अनुमान गरिएको छ । तर यसको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन ।
यस आक्रमणलाई युक्रेनियन राष्ट्रपति पेट्रो पोरोसेन्कोले ठूलो अपराधको संज्ञा दिनुभएको छ । उहाँले यसलाई दुःखद घटनाका रुपमा लिनुभपर्ने भन्दै हत्यारामाथि कारबाही हुने बताउनुभयो ।

युक्रेनको पूर्वी भूभागका रसियाली मूलका नागरिकले अलग्गै राज्यको मागगरी त्यहाँ आन्दोलन गरिरहेका छन् ।

सोही कारणले पछिल्लो समयमा रसियाली समर्थक र युक्रेनी सेनाबीच भिडन्त जारी रहेको छ । त्यस भिडन्तका क्रममा सयौँ नागरिक मारिएका छन् । रासस÷एएफपी