भैरव मन्दिरको आम्दानी ४० लाख

351

भैरव मन्दिरको आम्दानी ४० लाख

palpaपाल्पा, ६ साउन । भैरवस्थान गाविसस्थित भैरव मन्दिरले गत आवमा रु ४० लाख आम्दानी गरेको छ ।

मन्दिरमा भक्तजनले चढाएको भेटी, चन्दा, रोट, बोको, कुखुराको टाउको र परेवा बेचेर मन्दिरले सो आम्दानी गरेको मन्दिरका व्यवस्थापक मीनबहादुर बुढाथोकीले जानकारी दिनुभयो । मन्दिरमा दैनिक रु पाँच सयदेखि रु एक लाखसम्म आम्दानी हुने गरेको छ ।

मन्दिर व्यवस्थापनका लागि तीन जना पुजारी र सात जना अन्य कर्मचारी रहेका छन् । विसं २०६२ देखि मन्दिरको भेटीलाई व्यवस्थित गर्न थालिएको हो ।