प्रधानमन्त्रीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव पेश, तीन विधेयक संसदबाट अस्वीकृत

249

प्रधानमन्त्रीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव पेश, तीन विधेयक संसदबाट अस्वीकृत

ooooooooooooooooooकाठमाडौं । व्यवस्थापिका संसदमा प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । प्रस्तावमाथि छलफलका लागि सभामुख ओनसरी घर्ती मगरले भोलिबाट तीन दिन समय तोकेकी छन् । अहिले अविश्वासको प्रस्तावको प्रस्तावक माओवादी अध्यक्ष प्रचण्डले प्रस्ताव पेश गरिरहेका छन् । व्यवस्थापिका संसदले बजेटसँग सम्वन्धित तीन आश्रित विधेयक बहुमतले अस्वीकृत गरेको छ ।सरकार छाडेर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको नेकपा माओवादी केन्द्रले विधेयकको विपक्षमा मत दिएपछि अस्वीकृत भएको हो ।संसदले आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक (२१औं संशोधन)लाई बहुमतले अस्वीकार गरेको हो । विनियोजन विधेयक पास भइसकेको अवस्थामा बजेट आश्रित विधेयक अस्वीकृत भएको यो पहिलो पटक हो ।