बुटवल, ८ साउन । लायन्स क्ल्व अफ बुटवल खस्यौली अन्र्तगतका ९ वटा लायन्स तथा लियो क्लवहरुले रुपन्देहीको कुन्जलापुरमा सयुक्त रुपमा बृक्षरोपण गरेका छन् । रुपन्देहीको कुञ्जलापुरलाई ग्रिन भिलेज बनाउने लायन्स क्लव अफ बुटवल खस्यौलीको अभियान अन्तर्गत उक्त स्थानमा पांच वर्ष देखि बृक्षरोपण गरिदै आइएको छ ।
बुटवल लगायत आसपासरमा रहेर सामाजीक काम गर्दै आएका विभिन्न लियो तथा लायन्स क्लवहरु लायन्स क्लव अफ बुटवल खस्यौली, लायन्स क्लव अफ बुटवल युथ, लायन्स क्लव अफ सैनामैना, लायन्स क्लव अफ बुद्धमावली, लायन्स क्लव अफ बुटवल सेन्ट्रल, लियो क्लव अफ बुटवल खस्यौली, लियो क्लव अफ बुटवल खस्यौली युथ, लियो क्ल्व अफ सैनामैना र लियो क्लव अफ लर्डबुद्ध लगायतका क्लवहरुको सयुक्त आयोजनामा बृक्षरोपण गरेका हुन ।
लियो क्लव अफ बुटवल खस्यौलीका अध्यक्ष अन्जन विश्वकर्माका अध्यक्षतामा भएको बृक्षरोपण कार्यक्रमको लायन्स जिल्ला ३२५ वी २का भिडिजि २ एमजेएफ सुनिल वझाले विरुवा रोपेर बृक्षरोपण कार्यक्रमको उद्घाटन गर्नु भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै वझाले लायन्स तथा लियोहरुले कुन्जलापुर क्षेत्रलाई ग्रिन भिलेज बनाउन चलाएको अभियान सह्रानिय भएको बताउनु भयो । उहाले लायन्स तथा लियो क्लवहरु सामाजीक सेवामा मात्र नभएर वातावरण संरक्षणमा लाग्नु पर्नेमा जोड दिदै सामाजीक कार्यक्रममा सबै सस्थाहरु एकबद्ध भएर काम गरेमा सहज हुनेमा जोड दिनु भयो ।
कार्यक्रममा आइसेक लुम्बिनीमा अध्यक्ष सागर अधिकारी, झरना स्पोर्टस क्ल्वका लायन लोक बहादुर पुन, लायन्स सेन्टिनियल कोर्डिनेटर बाबुराम बोहरा लगायतले बोल्नु भएको थियो ।
लायन्स क्लव अफ बुटवल खस्यौलीका सचिव सुमन श्रेष्ठको संचालन, लायन्स क्लव अफ बुटवल युथका भेषराज गैरेको स्वागत तथा बुटवल सेन्ट्रलका अध्यक्ष लायन विष्णु कुवरको धन्यवाद ज्ञापनमा भएको कार्यक्रममा दुई सय भन्दा बढीको सहभागीता रहेको थियो ।
कार्यक्रममा विभिन्न प्रजातिका विरुवाको बृक्षरोपण गरिएको लायन्स क्लव अफ खस्यौलीका अध्यक्ष मनोज ध्वजुले जानकारी दिनु भयो । –विकास गौतम