‘सुकुम्बासीमाथि भएको ज्यादती’ मानवअधिकारको गम्भीर उल्लङ्घन

181

‘सुकुम्बासीमाथि भएको ज्यादती’ मानवअधिकारको गम्भीर उल्लङ्घन

काठमाडौँ, ८ साउन । सर्लाहीको धरहरा मूर्तिया क्षेत्रमा बर्साैँदेखि बस्दै आएका ‘सुकुम्बासीमाथि भएको ज्यादती’बाट मानवअधिकारको गम्भीर उल्लङ्घन भएको ठहर गरिएको छ ।

गत असार २१ गतेका घटनाका सम्बन्धमा जनअधिकार अभियान र काहुरास्टले संयुक्त रूपमा गरेको स्थलगत अध्ययन प्रतिवेदन यहाँ आज पत्रकार सम्मेलन गरी ती संस्थाले घटनापछि राजनीतिक दलको उदासीनताका आधारमा सरकार र प्रतिपक्षमा रहेका राजनीतिक दलको पूर्वाग्रहको आधारमा घटना भएको प्रस्ट भएको जनाए ।

छ सदस्यीय स्थलगत भ्रमण टोलीले घटनाको अध्ययनपछि घाइतेको तत्काल निःशुल्क उपचार गर्नुपर्ने, ज्यादतीबाट बालीनाली, घरटहरा, सवारी साधन लगायतमा पुगेको क्षतिको उचित क्षतिपूर्ति दिनुपर्ने र ज्यादती गर्ने तथा गर्न आदेश दिनेविरूद्ध कानुनी कारबाही गर्नुपर्ने सुझाव समेत दिएको छ ।

सुकुम्बासी तथा परियोजना क्षेत्रमा बसोवास गर्दै आएका जनताको श्रम शोषण गरिएको तर उनीहरूको उचित व्यवस्थापन गर्न नसकिएको अध्ययनका क्रममा देखिएको अभियानका उपाध्यक्ष देवबहादुर पौडेलले जानकारी दिनुभयो । सो प्रकरणमा प्रहरीबाट २८ जना घाइते भएको अध्ययनले देखाएको छ ।