राप्रपाबाट पनि समर्थन फिर्ता, मन्त्री फिर्ता बोलाउने निर्णय

146

राप्रपाबाट पनि समर्थन फिर्ता, मन्त्री फिर्ता बोलाउने निर्णय

raprapa

काठमाडौँ, ८ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई पार्टीले दिँदै आएको समर्थन फिर्ता लिएको छ ।

पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय चावहिलमा आज बसेको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको पार्टीका सहप्रवक्ता किरण गिरीले जानकारी दिनुभयो ।

राप्रपाबाट श्रम तथा आपूर्तिमन्त्रीको जिम्मेवारी दीपक बोहोरा र वाणिज्य मन्त्रालयको नेतृत्व जयन्त चन्दले सम्हाल्दै आउनुभएको थियो ।

बैठकले व्यवस्थापिका–संसद्मा टेबल गरेको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्न पार्टीको विधानअनुसार संसदीय दललाई निर्देशन दिने निर्णय गरेको छ ।

उक्त पार्टीबाट व्यवस्थापिका–संसद्मा १२ जना सांसदले प्रतिनिधित्व गर्नुभएको छ ।