समयमै अधिवेशन गर्न नेविसंघका नेताहरुको माग

186

समयमै अधिवेशन गर्न नेविसंघका नेताहरुको माग

a
बुटवल, ९ साउन । नेपाल बिद्यार्थी संघको आसन्न अधिवेशन नजिकिँदै गर्दा देश दौडाहामा निस्किएका नेताहरुले निर्धारित मितिमै अधिवेशन हुनु पर्ने माग गरेका छन् ।

देश दौडाहामा निस्किएका नेताहरु सभापति पदका आकाँक्षि आनन्दराज त्रिपाठी, बिनिता अधिकारी र बिरेन्द्रकुमार शर्माको संयुक्त टोलीले लामो समयदेखि रोकिएको नेपाल बिद्यार्थी संघको अधिवेशन निर्धारित मिति मै हुनु पर्ने माग गरेको हो ।

तत्कालिन पार्टीका सभापति सुशिल कोईरालाको पालामा धेरैपटक मिति निर्धारण गरेर पनि अधिवेशन हुन नसकेको सन्दर्भमा अहिले पनि कहीँ कतै चलखेल हुने होकी भन्ने आशंकाका बिचमा उनीहरुले अव कुनै पनि बहानामा अधिवेशन रोक्न नहुने बताएका हुन् ।

नेपाल प्रेस युनियन रुपन्देहीसंगको भेटघाटमा नेपाल बिद्यार्थी संघको अधिवेशन निर्धारित मितिमा र बिद्यार्थीको सहभागितामा निर्वाचनका माध्यमबाटै हुनु पर्ने समेत माग गरे ।

लामो समयदेखि रोकिएको नेपाल बिद्यार्थी संघको महाधिवेशन यहि साउनका २३ देखि २५ गते काठमाण्डौमा गर्ने निर्णय भएको छ । संघको महाधिवेशन नजिकिएपनि कतिपय जिल्लामा भने बिवाद कायमै छ ।