दानपेटीकामा रकम संकलन गरि सामाजिक काम

169

दानपेटीकामा रकम संकलन गरि सामाजिक काम

किशोरीहरुद्धारा अपाङ्गलाई सहयोग
बुटवल, ९ साउन । जनचेतना किशोरी संवाद केन्द्र र संवाद सहयोग समिति सालझन्डी पानबारी रुपन्देहीका किशोरीहरुले अपाङ्ग आश्रममा सहयोग गरेका छन् । आईतबार बुटवल १३ स्थित अपाङ्ग अनाथ आश्रममा रहेकाहरुलाई लत्ताकपडा, साबुन, सेनेटरी प्याड तथा खाना खुवाएर सहयोग गरेका हुन ।

स्ट्रोम फाउण्डेशन नेपालको सहयोगमा सुनगाभा सामुदायिक विकास केन्द्र रुपन्देहीले संवाद केन्द्र गठन गरेको हो । किशोरीहरुको उक्त समूहले स्कुलको खाजा खर्च, विभिन्न कार्यक्रमबाट संकलन गरिएको रकम दानपेटीकामा संकलन गरि सामाजिक काम गर्ने गरेको छ ।

शारिरीक रुपमा असक्त भएकाहरुलाई सहयोग गर्न पाउदा निकै खुशि भएको भन्दै यस्ता कार्यक्रम अरु बेलामा पनि गर्ने किशोरी समूहका छाया सिनेटर अनिता श्रीसले बताउनुभयो । किशोरी समूहले लत्ताकपडा  तथा ब्रस र साबुन आश्रमका बालबालिका र महिलाहरुलाई हस्तान्तरण गरिएको थियो ।

सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उदेश्यले किशोरीहरुले सहयोग गरेको सिबिएमएफ शर्मिला विश्वकर्माले बताउनुभयो । उक्त अवसरमा  स्ट्रोम फाउण्डेशन नेपालका विजया गोदार, सुनगाभा सामुदायिक विकास केन्द्रका गोपाल केसी, परियोजना संयोजक प्रकाश खनाल, अरुणकुमार सापकोटाको सहभागिता थियो ।  सो अवसरमा किशोरीहरु दिनभर आश्रममा बसेर रमाईलो गर्दै दिन बिताएका थिए ।