प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संसदमा राजीनामा घोषणा

313

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संसदमा राजीनामा घोषणा

Primeministe-KP-Sharma-Oli-Resignationकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।व्यवस्थापिका संसद बैठकमा आफूविरुद्ध पेश भएको अविश्वास प्रस्तावको जवाफ दिएपछि ओलीले आइतबार पदबाट राजीनामा दिएको घोषणा हुन् । राष्ट्रपतिसमक्ष राजीनामा पेश गरिसकेको प्रधानमन्त्री ओलीले सदनलाई जानकारी दिएका छन् ।एमाले अध्यक्ष समेत रहेका ओली गत असोज २४ गते नेपालको ३८ औं प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

नयाँ सरकार गठनका लागि कुनै अवरोध नहोस् भनेर बाधा अड्काउ फुकाउका लागि सिफारिस गरेको उनले संसदलाई जानकारी दिए । उनले भने ‘यसले नयाँ प्रधानमन्त्री चयनका लागि बाटो खुला गरेको छ ।

 बैठक १५ मिनेटका लागि स्थगित भएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भवनमा आफूमाथि दर्ता भएको अविश्वासको प्रस्ताव माथि उठेको प्रश्नको जवाफ दिएर पदबाट राजीनामा दिएको घोषणा गरेपछि साँझ साढे सात बजे  सभामुख ओनसरी घर्तीले । बैठक १५ मिनेटमा सुचारु हुने गरी स्थगीत गरेकी हुन्।