काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको राजीनामा स्वीकृत भएको छ । साथै अर्को सरकार बनन्दासम्म यही मन्त्रिपरिषद्लाई काम गर्ने भनिएको छ ।अविश्वासको प्रस्तावमाथि संसदमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले राजीनामाको घोषणा गरेक थिए । त्यसअघि उनले राष्ट्रपतिलाई राजीनामा पत्र बुझाएका थिए ।राष्ट्रपति कार्यालयद्वारा जारी बिज्ञप्तिमा राष्ट्रपति बिद्यादेवी भण्डारीले संबिधानको धारा २९८ को उपधारा १० बमोजिम प्रधानमन्त्रीको राजीनामा स्वीकृत गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषदका सदस्यहरुले पूरा गरेको जिम्मेबारीका लागि धन्यबाद दिएकी छन् ।साथै अर्को मन्त्रिपरिषद गठन नहुन्जेलसम्मका लागि यसै मन्त्रिपरिषदले कार्यसम्पादन गर्ने पनि राष्ट्रपति कार्यालयले स्पष्ट पारेको छ ।