बुटवलमा आधा दर्जन बन्दकर्ता प्रहरी नियन्त्रणमा

226

बुटवलमा आधा दर्जन बन्दकर्ता प्रहरी नियन्त्रणमा

banda

बुटवल, १० साउन । विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको बन्दका क्रममा बुटवलबाट आघा दर्जन बन्दकर्ता पक्राउ परेका छन् ।

बन्द गराउदै हिडेका उनिहरुलाई बुटवलको अस्पताललाईनबाट प्रहरीले नियन्त्रणमा लिएको हो । उनिहरुलाई ईलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।

विना कारण आफ्ना नेता कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको सो पार्टिका जिल्ला सेक्रेटरी शरद वलीले बताउनु भयो । पक्राउ पर्नेहरुमा जिल्ला सचिवालय सदस्य विनोद खनाल, क्रान्तकिारी विद्यार्थी जिल्ला अध्यक्ष मन कुमार कनौेजे मगर, पार्टि सदस्यहरु सिला गैरे,मुक्ती गैरे, वल वहादुर नेपाल, जाकिर हुसेन रहेका छन् ।

प्रहरीले भने वन्दमा रोखिएका गाडिहरुलाई स्कटिङ गरेर गन्तव्यमा पुर्याईरहेको छ ।