बुटवल, १० साउन । नेवा सेवा महिला समिति बुटवल १२ कालिका नगरले आफ्ना सदस्यहरुलाई भाषण कला तालिम प्रदान गरेको छ ।
सदस्यहरुको क्षमता अभिवुद्धि गर्ने उद्धेश्यले आयोजना गरेको भाषण कला तालिमको समापन भएको हो ।
तीन दिन सम्म सञ्चालन भएको तालिममा बुटवल एफ एमका कार्यक्रम संयोजक रमेश अर्यालले प्रशिक्षण दिनु भएको थियो ।
तालिमको समापन समारोहमा सहभागिको तर्फबाट बोल्ने बक्ताहरुले तालिम निकै प्रभावकारी भएको बताएका थिए । सहभागिको तर्फबाट सुमित्रा धिताल, पार्वती श्रेष्ठ, संगिता श्रेष्ठ, समितिका नि वर्तमान अध्यक्ष बसन्ती श्रेष्ठ, कार्यक्रम संयोजक चमेली श्रेष्ठ लगाएतले आफ्नो मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा बोल्दै निष्पक्ष बचत तथा त्रृण सहकारी संस्थाका अध्यक्ष तथा प्रमुख अतिथि चिरञ्जिवि श्रेष्ठ र नेवा सेवा समितिका तथा कार्यक्रमका विशिष्ट आतिथि मानकाजि श्रेष्ठले तालिममा सिकाका कुरालाइ ब्यवहारमा उतार्न आग्रह गर्नु भएको थियो ।
नेवा सेवा महिला समितिका अध्यक्ष शारदा श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव तारा श्रेष्ठले गर्नु भएको थियो ।