बुटवल, ११ साउन । बुटवलको तिनाउ नदिले देविनगर–बुद्धनगर जोड्ने झेलुङगे पुल बगाएको छ । गएरातीदेखि परेको अविरल बर्षदपछि आएको वाढिले झेलुङगे पुल भत्काएको हो । पुल आसपासका क्षेत्रका केहि घरहरुमा पनि वाढिले क्षती पुर्याएको छ ।
पुल भत्काउनेक्रममा केहि सर्बसाधारणहरु पनि घाइृते भएका छन् । भाग्नेक्रममा उनिहरु घाईते भएको बुटवल प्रहरीले जनाएको छ । बाढीले कम्तीमा १५ घर बगाएको छ । २ सय बढी घर डुवानमा छन् । नदीको बहाब बढ्दै र कटान गर्दै गएकाले जोखिम अझ बढी निम्तने खतरा रहेको प्रहरीले जनाएको छ । खतरामा रहेका वस्तीलाई अन्यत्र लैजान स्थानीय र प्रहरी खटेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी महेन्द्र खड्काले बताए ।
अहिलेसम्म बुटवल ७ प्रगतिटोलका १० र बुटवल १३ मझुवाका ५ घर बगाएको छ । ५ सय बढी घर जोखिममा परेका छन् । दुर्गानगर, न्यु दर्गानगर, सिमानगर, खयरघारी लगायतका २ सय बढी घरमा पानी पसेको छ । सोमबार रातिदेखि परेको पानी मंगलबार बिहानसम्म रोकिएको छैन ।
यसबाट तिनाउमा आएको अनियन्त्रित बाढीले जनताको तटबन्धले लगाएको पक्की पर्खाल, जाली, ठोक्कर भत्काएर नदी बस्तीहरुमा पसेको हो । बाढीबाट तिनाउ किनारमा रहेको १६ टोलका ६ हजार बढी व्यक्ति जोखिममा रहेको बुटवल टोलविकास सस्थाले तथ्यांक निकालेको छ ।