तिनाउले गरेको वितण्डाप्रति कांग्रेस नेता खांणद्धारा दुख व्यक्त

425

तिनाउले गरेको वितण्डाप्रति कांग्रेस नेता खांणद्धारा दुख व्यक्त

Balkrishna-khandबुटवल । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व सिचाई मन्त्रि बालकृष्ण खाँणले अबिरल बर्षाले देशभर पुर्याएको क्षतिप्रति दुख व्यक्त गर्दै उद्धार र सहयोगका लागि सरकार, स्थानिय निकाय, राजनीतिक दल तथा संघ सस्थाहरुलाई अपिल गरेका छन् ।

आज एक बिज्ञप्ति प्रकाशित गरी नेता खाँणले आफु विपदमा परेका जनताको साथमा भौतिक रुपमा नभएपनि उनीहरुको दुखमा सधै साथमै रहने प्रतिबद्धता जनाउदै राज्यका सबै संयन्त्र तथा नगरिकसमाज राजनितिक दलहरुलाई राहात र उद्धारमा सक्रियताका साथ लाग्न पनि अनुरोध गरेका हुन् ।

विपदको यस्तो अवस्थामा उदरमा जुट्न अपिल गर्दै राहात र उद्धारको काममा कुनै कसर वाँकी राख्न नहुनेमा जोड दिएका छन् ।
उनले मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली र शोक सन्तप्त परिवारमा समबेदना प्रकट गर्दै पिडीत परिवारलाई तत्काल राहतको व्यवस्था गर्नमाग गरेका छन् ।

पुर्व सिचाइमन्त्रि खाणले ठुला नदीहरुमा हुन सक्नेक्षति न्युनिकरण्का लागि आफुले बिगतमा जनताका लागि तटबन्ध कार्यक्रम लागु गरेकोर त्यसलाई अझ बिस्तार गर्नुपर्नेमा जोड दिए ।

रुपन्देही क्षेत्र नम्वर ३ का सांसद खाँणले रुपन्देही बासीका लागि बरदान भएको तिनाउ नदीलाई अभिषाप बन्न नदिन आफुले जनताका लागि तटबन्ध कार्यक्रम लागु गरेको र पछिल्ला बर्षहरुमा प्रयाप्त बजेट बिनियोजन हुन नसक्दा सोचे अनुसार काम नभएको बताए ।

उनले तिनाउको झोलुङ्गेपुल र स्थानिय केही घर बगेको प्रति दुख व्यक्त गर्दै सरकार, स्थानिय निकाय र सरोकारवालाहरुकोगम्भिर ध्यानाकर्षण गर्दै बुटवलको देविनगर बुद्धनगर जोड्ने पुल बगाएपनि तत्काल निमार्ण तथा सोहि स्थानमा निमार्ण गर्ने भनिएको पक्की पुल निमार्ण कार्यलाई बर्षाद लगत्तै तिब्रता दिनु पर्ने बताएका छन् ।