बुटवल, ११ साउन । मुलुकमा बाढी पहिरोले धनजनको क्षती बनाई रहेका बेला नेपाली काँग्रेसले बाढी पहिरोसंग सजग रहन नेपाली जनतालाई आग्रह गरेको छ । बाढी तथा पहिरोले नागरिकको धनजनमा पु¥याएको क्षती प्रति नेपाली काँग्रेसले दुःख व्यक्त गर्दै थप क्षती हुनबाट जोगिनकालागि सजग हुन आग्रह गरेको हो ।
नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. ४ र बुटवल नगर समितिले मंगलबार छुट्टाछुट्टै विज्ञप्ती जारी गरी विपद् व्यस्थापनको कामलाई चुस्त बनाउन प्रशासनलाई आग्रह गरेको छ भने नेता कार्यकर्तालाई समेत सहयोगि भूमिका निर्वाह गर्न आग्रह गरिएको छ । रुपन्देही क्षेत्र नं. ४ का सभापति हरि लम्साल र बुटवल नगर समितिका सभापति खेलराज पाण्डेले छुट्टाछुट्टै जारी गरेको विज्ञप्तीमा बाढी पिडितलाई तत्काल राहत तथा पुनर्वासको व्यबस्थापन गर्न समेत जिल्ला दैवी प्रकोप उद्धार समितिलाई आग्रह गरिएको छ ।
सोमबार रातीदेखि परेको भारी वर्षाका कारण बुटवलको देवीनगरमा रहेको देवीनगर–नहरपुर जोड्ने झोलुङ्गे पुल बगाएपछि नेपाली काँग्रेसले त्यस पासपासका नदि किनारमा बस्ने जनतालाई तिनाउको बहाव जतिसुकै बेला बढ्न सक्ने भएकाले बाढीबाट सजग र सचेत हुन आग्रह गरेको हो ।