पाँच देशका कलाकारका चित्र एकै ठाउँमा

1.3K

पाँच देशका कलाकारका चित्र एकै ठाउँमा

पाँच देशका २८ कलाकारले कोरेका छुट्टाटुट्टै चित्र प्रदर्शनीमा

काठमाडौँ, १२ साउन । ठमेलस्थित मिथिला येँ आर्ट ग्यालरीमा मङ्गलबारदेखि अन्तर्राष्ट्रिय समूह कला प्रदर्शनी सुरु भएको छ ।

शुक्रबारसम्म चल्ने प्रदर्शनीमा नेपालसहित पाँच देशका २८ कलाकारले कोरेका छुट्टाटुट्टै चित्र प्रदर्शनीमा राखिएका छन् । जसमा नेपालका तर्फबाट रमेश खनाल, अजित साह, ज्योतिप्रकाश विक, विजय महर्जन, महेश आचार्य, रुवी कर्ण, श्यामसुन्दर यादव, सपना साहलगायत २२ चित्रकारका चित्र छन् ।

त्यस्तै भारतका बब्ली दास, बबिता शाह र बन्दना सिंह तथा जर्मनीका पिटर हेर्गेट, फ्रान्सका भाऊ र मेक्सिकोका जर्ज पालासिओसका चित्र प्रदर्शनीमा छन् ।

चित्रमा मिथिला कला, धार्मिकस्थल, सामाजिक जनजीवन, हिमालय, भूदृश्य, नारीस्वरुप आदि देख्न सकिन्छ । जसमा अमूर्त, वास्तविक र आधुनिक कलासँगै थान्का कलाको फ्युजनसमेत देख्न सकिन्छ । यी चित्रकलाको मुल्य पाँच हजारदेखि ५१ हजारसम्म राखिएको छ ।

यसैबीच नेपाली कलालाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने उद्देश्यअनुरुप अप्टिसफ्ट प्रालिले ललितकलासम्बन्धी छुऋै वेबसाइट आर्ट संसार डट कम सञ्चालनमा ल्याएको छ । पहिलो चरणमा जारी प्रदर्शनीमा राखिएका सबै चित्रकला समावेश गरेर वेबसाइट (आर्ट संसार डट कम) सार्वजनिक गरिएको हो ।

वेबसाइटका संस्थापक राकेशकुमार शाहले देशभरका सबै व्यावसायिक र सौखिन कलाकारका चित्र वेबसाइटमा राखिने बताउनुभयो ।