गाउँगाउँमा लुम्बिनी स्वास्थ्य विज्ञान प्रतिष्ठान अभियान

809

गाउँगाउँमा लुम्बिनी स्वास्थ्य विज्ञान प्रतिष्ठान अभियान

mukti paudel

बुटवल, १२ साउन । लुम्बिनी अञ्चल अस्पताललाई लुम्बिनी स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने अभियान अहिले जिल्लाका गाउँ गाउँमा पुगेको छ । बुटवलबाट सुरु भएको यो अभियानलाई बलियो बनाउनकै लागि जिल्लाका गाउँ गाउँमा पु¥याईएको हो । रुपन्देही जिल्ला बाहिर पनि लुम्बिनी अञ्चलका बाँकी जिल्लाहरुमा हस्ताक्षर अभियान भईसकेको छ ।

लुम्बिनी अञ्चल अस्पताललाई लुम्बिनी स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने हो भने स्वास्थ्य सम्बन्धी सम्पूण विशेषज्ञ सहितका सुविधा पाउने भएकाले नागरिकलाई सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा तथा चिकित्सा शिक्षाकालागि सरकारलाई दवाव मुलक अभियान सञ्चालन गरिएको अभियान्ता मुक्तिराज पौडेलले बताउनु भयो । असारको दोस्रो हप्तादेखि बुटवलमा सुरु भएको अभियान अहिले जिल्लाका सैनामैना, देवदह, तिलोत्तमा नगरपालिका सहित अमुवा, सौफर्साटिकर, अमुवा लगायतका गाउँ बिकास समितिका बिभिन्न स्थानमा हस्ताक्षर तथा जनजागरण अभियान सञ्चालन भएको उहाँले बताउनु भयो ।

रुपन्देहीको अमुवामा मंगलबार भएको अभियानमा नागरिक वडा मञ्चकी अध्यक्ष ईन्दिरा अर्याल, नेकपा एमालेका स्थानीय नेता खेमराज गुरुङ्, अविराम विक, नेपाली काँग्रेसका सुर्यनारायण यादव, मधु राई, फोरम संघीय समाजवादीका नारायण केवट, हुमकान्ति भुर्तेल, तुलसा शर्मा, हरिद्वार गुप्ता, सुरज ज्ञवालीलगायतले अभियानले राम्रो कुरा उठाएकाले उत्साहित हुँदै आफूहरुको साथ रहने बताएका थिए ।

त्यस्तै सौफर्साटिकरमा भएको कार्यक्रममा युवा सञ्जाल नेपाल रुपन्देहीका अध्यक्ष महेन्द्र गौतम, नेपाली काँग्रेसका स्थानीय नेता शेरबहादुर काफ्ले, नेकपा एमालेका कृष्ण काफ्ले, रोटरीका डोलराज गैरे लगायतले यो अभियानमा सबैको साथ समर्थन आवश्यक रहेको उल्लेख गरेका थिए ।

देवदहको भवानीपुरमा भएको कार्यक्रममा मोहन जिसी, बुद्ध मावली युवा क्लवका अध्यक्ष कृष्ण ढकाल, चन्द्रमणी पाण्डे, समाजसेवी चन्द्रबहादुर राना लगायतले पनि लुम्बिनी अञ्चल अस्पताललाई लुम्बिनी स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन अति नै आवश्यक रहेको उल्लेख गर्दै अभियानले आफूहरुमा समेत उत्साह थपेको बताएका थिए ।