तरुण दल तिलोत्तमामा क्षत्री

401

तरुण दल तिलोत्तमामा क्षत्री

बुटवल, १२ साउन । नेपाल तरुण दल रुपन्देही क्षेत्र नं. ३ अन्तरगत तिलोत्तमा नगरपालिकाको पहिलो अधिवेशन सम्पन्न भएको छ । बुधबार सम्पन्न अधिवेशनले खिमबहादुर क्षत्रीको अध्यक्षतामा कार्यसमिति सहित जिल्ला प्रतिनीधि निर्बिरोध चयन गरेको हो ।

नव निर्वाचित नगर समितिको उपाध्यक्षमा अजित गुरुङ्, सचिवमा होमप्रसाद पौडेल, कोषाध्यक्षमा मुक्त शर्मा र जिल्ला प्रतिनीधिहरुमा प्रेमबहादुर थापा, राहुल शाह गुप्ता, धर्मादेवी न्यौपाने र दिनेश परियार रहनुभएको छ । तरुण दल तिलोत्तमा नगर अधिवेशनको उद्घाटन गर्दै नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले युवालाई देश बिकासको मुलधारमा लाग्न आग्रह गर्नुभयो ।

नेपाल तरुण दल क्षेत्र नं. ३ का क्षेत्रीय सभापति किशोर कुमार क्षेत्रीको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय सदस्य चिरञ्जिवी जोशी, संस्थापक जिल्ला सभापति फणेन्द्र शर्मा, जिल्ला सभापति चिरञ्जिवी पौडेल, नेपाली काँग्रेस क्षेत्र नं. ३ का सभापति प्रेमबहादुर फौदार, महासमिति सदस्य प्रेमनारायण खरेल, यमबहादुर खत्री, जिल्ला सदस्य हरि काफ्ले, ग्रगा शाही, मनोरमा सेरचन, सुशिल गुरुङ्, माधव भण्डारी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

क्षेत्रीय सचिव विजेश न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा बासु बस्यालले स्वागत गर्नुभएको थियो ।