बुटवल, १२ साउन । पत्रकार एवं नेपाल प्रेस युनियन रुपन्देहीका पुर्व अध्यक्ष हरिश ढकाल तथा पत्रकार विश्वास ढकालका पिता साथै पत्रकार मिना ढकालका ससुरा लक्ष्मीप्रसाद ढकालको ७९ वर्षको उमेरमा निधन भएको छ ।
ढकालको आफ्नै निवास गुल्मी छापचौरमा गएराती निधन भएको हो । ढकालको निधनप्रति नेपाल प्रेस युनियन रुपन्देहीले स्तब्ध भएको जनाएको छ । शोकको घडीमा युनियन रुपन्देहीले विज्ञक्ती जारी गर्दै दिवंगत आत्माप्रति चीर शान्तिको कामना गरेको छ ।
संस्थाका सभापती बिक्रम खड्काद्धारा जारी विज्ञक्तीमा शोकाकुल परिवारजन प्रति हार्दिक समवेदना प्रकट गरिएको उल्लेख छ । ढकालका चार छोरा रहेका छन् । उहांको आज बुधबार नै अन्तिम संस्कार गरिएको छ । केही समयदेखि स्वाथ्य समस्या देखिएका ढकाल सामाजिक तथा शैक्षिक क्षेत्रमा पनि सक्रिय हुनुहुन्थ्यो ।
यसैबीच नेपाल पत्रकार महासंघ रुपन्देहीले कोषाध्यक्ष विश्वास ढकाल तथा पूर्व कोषाध्यक्ष हरिश ढकालका पिता, पार्षद मिना ढकालका ससुरा बुवा लक्ष्मीप्रसाद ढकालको ७९ वर्षको उमेरमा निधन भएकोमा दुःख व्यक्त गरेको छ ।
महासंघका सचिव रुद्रहरी कुंवरद्वारा जारी विज्ञ्प्तीमा शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ ।