बुटवलमा सरकारी मेडिकल कलेजका लागि प्रारम्भिक समिति गठन

732

बुटवलमा सरकारी मेडिकल कलेजका लागि प्रारम्भिक समिति गठन

hospital

बुटवल, १२ साउन । बुटवलमा सरकारी मेडिकल कलेजको संभाव्यता अध्ययनको लागि प्रारम्भिक समिति गठन गरिएको छ ।
शिक्षा मन्त्रालयको मन्त्री स्तरिय निर्णयले प्रा.डा. सरोज वझा संयोजक रहेको समिति गठन गरेको छ ।

सो समितिको सदस्यहरुमा प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा अधिकारी, बुटवल उपमहानगरपालिका प्रमुख, लुम्बिनी अंचल अस्पतालका अध्यक्ष, इन्जिनियर दुजेन्द्र बस्नेत, इश्वर गौतम र विनोद गौतम रहनु भएको छ ।

सो समितिले जग्गा तथा अन्य पुर्वाधार पहिचान गरी विस्तृत अध्ययन प्रतिवेदन शिक्षा मन्त्रालयमा पेश गर्ने र स्थानिय स्तरमा समन्वय गरी पुर्वाधार विकासका लागि तयारी गर्ने लगाएतका कामहरु गर्नु पर्नेछ ।

समितिको अवधी दुई महिनाको लागि तोकिएको शिक्षा मन्त्रालयका सहसचिव डा. तुल्सी प्रसाद थपलियाद्वारा समितिका नाममा पठाइएको पत्रमा उल्लेख छ ।

बुटवलमा सरकारी मेडिकल कलेजको आवश्यकता भएको र त्यसका लागि उपयुक्त स्थान  लुम्बिनी अंचल अस्पताल नै भएको भन्दै अभियन्ता मुक्ती पौडेलले हस्ताक्षर अभियान चलाइ रहनु भएको छ ।