रुपातालको रुप र सौन्दर्य जोगाउने चिन्ता

322

रुपातालको रुप र सौन्दर्य जोगाउने चिन्ता

?kftfnsf] ?k / ;f}Gbo{  ;"o{sf] ls/0f;Fu} kfgLsf] ?kdf kl/jt{g cfO/xg] sf:sLsf] ?kftfn . tl:a/ M jf;'b]j kf}8]n, kf]v/f, /f;;

वासुदेव पौडेल/

सात तालको बगैँचा शहर लेखनाथ नगरपालिकास्थित विश्व रामसार सूचीमा सूचीकृत रुपातालको रुप र सौन्दर्य जोगाउने विषयले यतिखेर सर्वत्र चर्चा पाएको छ । कास्कीको रुपाकोट, हंसपुरको सिरान र माझठाना ९हालको लेखनाथ नगरपालिका वडा नं १०, ११ र १४ छुने०को केही भागले छोएको यो ताल प्राकृतिक र मानवीय अतिक्रमणको सिकार बन्न थालेपछि कतै भएको सौन्दर्य पनि नासिने त होइन भन्ने चिन्ता बढ्दै गएको छ ।

सूर्यको किरणसँगै रुपातालमा पानीको रुपमा परिवर्तन आइरहने भएका कारण यसको नाम रुपाताल रहन गएको बताउने वेगनास, रुपा ताल संरक्षण तथा पर्यटन प्रवद्र्धन संस्थाका अध्यक्ष दिनानाथ ढकाल यसको नामकरणका सम्बन्धमा विभिन्न धार्मिक किंवदन्ती पनि रहेको बताउनुहुन्छ । पछिल्ला वर्षमा सौन्दर्य ¥हासका अतिरिक्त बढ्दो अतिक्रमणले तालको आकार पनि खुम्चँदै जानुले कतै यसको अस्तित्व नै धरापमा पर्ने त होइन भन्ने चिन्ता बढेको उहाँले बताउनुभयो ।

“वर्षेनी तालको क्षेत्र साँघुरिँदै गएको छ भने गहिराई पनि घट्दै गएको छ,” ढकालले भन्नुभयो – “लेखनाथ नगरपालिकाको पछिल्लो प्रतिवेदनमा रुपातालको कुल क्षेत्रफल १६३।९ हेक्टर रहेकामा जलमग्न भाग १२१।७६, खेती भएको ३३।४३, सिमसार क्षेत्र ८।७५ हेक्टर र गहिराई औसत ४।८ मिटर रहेको छ ।” यही गतिमा ताल पुरिने र साँघुरिने हो भने एक दशककै अन्तरालमा ताल गम्भीर संकटमा पर्ने उहाँको ठम्याइ छ ।

आसपासका क्षेत्रबाट वर्षेनी माटो बगेर तालमा आउने गरेको बताउँदै उहाँले ताल वरपर बाटो आवश्यक भए पनि त्यसका कारण माटो तालमा झर्न सक्ने कुरालाई ध्यानमा राखेर बाटो निर्माण गरिनुपर्ने सुझाव दिनुभयो । सरकारले सात ताल जोड्ने गरी बाटो निर्माण प्रक्रिया अघि बढाएको छ । उहाँले भन्नुभयो – “बाटो निर्माण गर्दा त्यसलाई व्यवस्थित एवम् मौसम अनुसार उचित समयमा सम्पन्न गर्न स्थानीयस्तरबाटै सचेत गराउने काम भएको छ ।”

अतिक्रमणमा पर्दै आएको ताललाई संरक्षण गर्न रुपाताल पुनःस्थापना तथा मत्स्यपालन सहकारी संस्थाका तर्फबाट सम्बन्धित निकायहरूमा निरन्तर ध्यान आकृष्ट गर्ने काम भइआएको संस्थाका अध्यक्ष कुलप्रसाद अधिकारीले बताउनुभयो । तालको संरक्षणका लागि जलकुम्भी नियन्त्रण लगायतका काम स्थानीयस्तरबाट भैरहेको उहाँको भनाइ छ ।

रुपाताल क्षेत्रको अवलोकनका लागि पछिल्ला समयमा पर्यटकहरू निकै आउने गरेको बताउँदै उहाँले यस आसपाका क्षेत्रमा हाल १४ वटा होटेल सञ्चालनमा रहेको जानकारी दिनुभयो । रुपाताल प्राकृतिक सुन्दरताका दृष्टिले मात्र नभएर माछाका लागि पनि यतिखेर पर्यटकको आकर्षण बनेको छ । यहाँका माछाको स्वाद लिन पनि दैनिक सयौं पर्यटक रुपाताल पुग्ने गरेका छन् ।

अधिकारीका अनुसार तालबाट दैनिक विभिन्न जातका १५० किलो माछा झिक्ने गरिएको छ । घुम्न आउने पर्यटकलाई लक्ष्य गरी यहाँ १९ वटा डुङ्गा सञ्चालन गरिएका छन् । ताल संरक्षणका लागि तत्काल व्यवस्थित बाँध बाँध्नुपर्नेमा जोड दिदै उहाँले भन्नुभयो – “बाँध निर्माणसँगै ताल आसपासको माथिल्लो क्षेत्रमा खेती गर्न रोक्ने हो भने धेरै हदसम्म ताल संरक्षण गर्न सक्ने देखिन्छ ।”

सार्वजनिक विदाका दिनका साथै अधिकांश शनिबारका दिन रुपाताल किनारमा माछा खान जानेको सङ्ख्या बढ्दै गएको स्थानीयवासी बताउँछन् । प्रेमी–पे्रमिकाको भेटघाटका लागि पनि पछिल्लो समयमा आकर्षणको केन्द्र बन्दै गएको यो तालमा स्विमिङ र फिसिङका लागि पनि पर्यटक पुग्ने गरेका छन् ।

तालमा आउने चराचुरुङ्गी पर्यावरणीय अवलोकनकर्ता लागि गजब कै आकर्षण बन्न सक्ने विश्वास लिइएको छ । रुपाताल किनारका जङ्गललाई समेटेर युनाइटेड क्लब पोखराको सक्रियतामा यस क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको खुला चिडियाखाना बनाउन लागिएको छ ।

क्लबका अध्यक्ष एवम् चिडियाखाना निर्माण समितिका संयोजक हिमालय बख्रेलका अनुसार चिडियाखाना निर्माणसँगै हिमाली दृश्यावलोकनसहित तालको अवलोकनमा रमाउन चाहने पर्यटकहरूका लागि यो क्षेत्र विशिष्ट गन्तव्य बन्ने छ । रुपातालसहित कास्कीका नौवटा ताल रामसार सूचीमा सूचीकृत भएसँगै सरकारले यिनीहरूको उचित व्यवस्थापनका लागि योजनाको तयारी समेत गरेको छ ।

हरियो वन कार्यक्रमअन्तर्गत संरक्षण विकास फाउन्डेसनलाई व्यवस्थापन योजना तयार गर्ने जिम्मा दिइएको छ । फाउन्डेसन सरोकारवालाबीच छलफल गरी योजना तयार गर्ने गृहकार्यमा जुटेको अध्यक्ष शैलेन्द्र पोखरेलले जानकारी दिनुभयो । स्थानीयवासी एवम् पचभैया सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मनबहादुर घिमिरे रुपाताल आसपासका क्षेत्रको जङ्गलमा तीन सय ६१ प्रजातिका वनस्पति, एक सय ७५ प्रजातिका जडीबुटी पाइनुका साथै बाघ, मृग, अजिङ्गर जस्ता जनावर पाइने बताउनुहुन्छ ।

एकसय ३४ जातका वन्यजन्तु तथा चराचुरुङ्गी पाइने यो क्षेत्रलाई विश्वकै नमूना प्राकृतिक चिडियाखानाका रुपमा विकास गर्न सकिने बताउने घिमिरे चिडियाखानाको विकास सँगै रुपातालको पनि संरक्षण हुने ठान्नुहुन्छ । रासस