बुटवल, १३ साउन । लुम्बिनी साना तथा मझौला ढुवानी ब्यबसायी संघ केन्द्रीय कार्यालय बुटवलले बाल कल्याण गृहमा भौतिक सामग्री बितरण गरेको छ । तेश्रो स्थापना दिवसका अबसरमा बुटवल १५ रहेको बाल कल्याण गृहमा पानी तान्ने मोटर १ थान, गिलास २० थान, सिल्भर बांटा २ थान, २ थान बाल्टी, स्टीलको पानीखाने मग ४ वटा बितरण गरेको हो ।
संस्थाका अध्यक्ष लक्ष्मण क्षेत्री चौहान, कार्यक्रम संयोजक तथा संस्थाका उपाध्यक्ष दिनेश थापा, सल्लाहकार कृष्णप्रसाद बेल्बासे, बालकल्याण गृहका संचालक समिति सदस्य बालकृष्ण गैरे लगायतले बोलेका थिए । उनीहरुले संस्थाले बालबालिकालाइ थप हौसला बढाउनका लागि सहयोग गरेको बताए ।
गैरेले सहयोगलाई सही रुपमा सदुपयोग गरिने बताउनुभयो । संघले बिभिन्न कार्यक्रम गरी ३ दिनसम्म दिवस मनाउने तय गरेको छ । भोली साउन १४ गते रक्तदान र १५ गते जनचेतनामुलक टा«फिक सचेतनामुलक ¥याली निकालिने कार्यक्रम संयोजक तथा संस्थाका उपाध्यक्ष दिनेश थापाले बताउनुभयो ।
मूल समारोहका दिन चौराहाबाट जनचेतनामुलक टा«फिक सचेतनामुलक ¥याली निकालेर बुटवलको मिडियाचोकमा पुगेर समापन गरिने संस्थाले जनाएको छ ।