हिलारी क्लिटनद्धारा उम्मेदवारी स्वीकार

550

हिलारी क्लिटनद्धारा उम्मेदवारी स्वीकार

hilari usa

संयुक्त राज्य अमेरिका, १४ साउन । अमेरिकाको डेमोक्र्याटिक पार्टीले अगामी राष्ट्रपतिय निर्वाचनका लागि आफ्नो पार्टीको तर्फबाट पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनलाई औपचारिक उम्मेदवार घोषणा गरेको छ । यस अघि उहाँलाई सो पार्टीले राष्ट्रपतिको उम्मेदबारको रुपमा मनोनयन मात्र गरेको थियो । औपचारिक उम्मेदवार घोषणालाई वर्तमान राष्ट्रपति बाराक ओबामाले पनि पूर्ण समर्थन जनाउनु भएको छ ।

उम्मेदवार हिलारी क्लिन्टनले पार्टीको औपचारीक घोषणालाई स्वीकार र स्वागत गर्दै आफू राष्ट्रपति पदमा निवार्चित भएमा अमेरिकामा थप रोजगारीका अवसर सिर्जना गर्न र सँगसँगै पारिश्रमिक दरमा बृद्धि गर्न पूरा प्रयास गर्नु नै आफ्नो प्रारम्भिक लक्ष रहने बताउनु भयो । साथै अमेरिकालाई स्थायी र दृढ नेतृत्व प्रदान गर्न आफूले कार्यभार सम्हालेको पहिलो दिनदेखि अन्तिम दिनसम्म सघर्ष गर्ने बताउनु भएको छ ।

अमेरिकाको इतिहासमा पहिलो महिला राष्ट्रपति बनी नयाँ इतिहास रच्ने आकांक्षा पाल्नु भएकी हिलारीले अमेरिकाको विदेश मन्त्रीको नेतृत्व पनि सफलतापूर्वक निर्वाह गर्नु भएको थियो । फिलाडेल्फियामा सम्पन्न डेमोक्र्याटिक पार्टीको राष्ट्रिय भेलाको अन्तिम दिन उम्मेदबार क्लिन्टनले वर्तमान अन्तर्राष्ट्रिय परिवेशलाई अमेरिकी दृष्टिले निरुपणलाई गर्दै आफ्नो सम्बोधनको क्रममा ूबग्दाददेखि काबुलसम्म, निसदेखि पेरिस र ब्रुसेल्ससम्म, सान बर्नार्डिनोदेखि ओल्र्यान्डोसम्म बाटा भरी कांडैकाडा बिच्छ्याइएका समाचार पत्रपत्रिका हेर्ने सबैले दिनका दिन पढिरहेका छन् ।

धम्की र विचलनको त्रासवश ती सबैले अमेरिकालाई नै याचनाको आँखाले हेरिरहेका छन् । अमेरिकाले यस्ता सबै चुनौतिको सामना गर्दै शान्तिका लागि धर्मयुद्धमा होमिई ज्ञात शत्रु जतिलाई जित्नै पर्छू भन्नु भयो । रासस ÷सिन्ह्वा