काँग्रेस केन्द्रीय सदस्यमा ‘डिना’

668

काँग्रेस केन्द्रीय सदस्यमा ‘डिना’

dina

काठमाडौँ, १६ साउन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्यमा महालक्ष्मी उपाध्याय ‘डिना’लाई आज मनोनयन गर्नुभएको छ ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गरी काँग्रेसको १३ औँ महाधिवेशनमा खुला २५ केन्द्रीय सदस्यमा चुनाव लडेकी ‘डिना’लाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको जानकारी दिनुभयो ।

उहाँलाई काँग्रेसको विधान, २०१७ (संशोधन र परिमार्जन सहित मिलाइएको रुपमा) को धारा २१ बमोजिम केन्द्रीय सदस्यमा मनोनयन गरिएको विज्ञप्तिमा उल्लेख छ । ‘डिना’ नेपाली काँग्रेस मकवानपुरबाट सांसद हुनुहुन्छ । काँग्रेसको विधानअनुसार सभापतिले २१ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने व्यवस्था छ । सभापति देउवाले यसअघि १० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरिसक्नुभएको छ ।