बगाएको झोलुङ्गे पुलमा बेलिब्रिज बनाउन माग

1.3K

बगाएको झोलुङ्गे पुलमा बेलिब्रिज बनाउन माग

20160726_095720

बुटवल, १६ साउन । नेपाली काँग्रेस बुटवल नगर समितिले हालैको भिषण वर्षाका कारण बुटवल १३ को देवीनगर र बुद्धनगर जोड्ने झोलुङ्गे पुल बगाउँदा हजारौं जनता, बिद्यार्थी तथा मजदुरलाई ठूलो मर्का परेकाले त्यस स्थानमा तत्काल वेली ब्रिज निर्माण गर्न सरकारलाई आग्रह गरेको छ ।

भारी वर्षाका कारण बुटवल तथा आसपासका क्षेत्रमा भएको हानी नोक्सानीलाई ध्यानमा राखेर ती क्षेत्रको व्यबस्थापनकालागि बुटवल उपमहानगरपालिका, जिल्ला बिकास समिति रुपन्देही, सम्बन्धित सरकारी कार्यालय तथा नेपाल सरकारलाई आग्रह गरेको हो ।

काँग्रेस नगर समितिको आईतबार बुटवल पार्टी कार्यालयमा बसेको बैठकले भिषण वर्षाका कारण १६÷३६ कुलो, चार तपाहा कुलो, भत्काएको, ऐतिहासिक जीतगढी किल्लामा क्षती पु¥याएको, टप मझुवाको रिटेनिङ् वाल भत्काएको, तिनाउ नदि किनारका बुद्धनगर, दुर्गानगर, प्रगतिनगर लगायतका क्षेत्रमा व्यापक क्षती पु¥याएको कारण त्यस क्षेत्रका जनतालाई प्रत्यक्ष प्रभाव पारेको निश्कर्ष निकालेको छ ।

त्यस्तै बैठकले बुटवल १४ ढवाहाको दानव नदिको कल्भर्ट भत्काएको, तामनगर–सेमलार जोड्ने कजवेमा क्षेती पु¥याएको, बुटवल ५ मा रहेको रामापिथेकस पार्क बगाएको, बुटवल १२ चौराहादेखि रामनगर क्षेत्रमा राजमार्गमा नालि निर्माण नहुँदा बाढी र डुवानका कारण नागरिकलाई प्रत्यक्ष समस्या भएकाले यो समस्या समाधान गर्न बुटवल उपमहानगरपालिका, जिल्ला बिकास समिति रुपन्देही, सरकारका सम्बन्धित कार्यालय र स्वयम सरकारलाई आग्रह गरिएको नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डेले जानकारी दिनुभयो ।

नगर सभापति पाण्डेको सभापतित्वमा भएको बैठकले पार्टीका वडा समितिहरुलाई व्यबस्थित बनाउने निर्णय गरिएको छ भने नेपाली हिन्दु महिलाको पर्व हरितालिका तिजको अवसरमा तीज गीत राख्न र जेष्ठ महिलालाई सम्मान गर्न आग्रह गरिएको छ । बैठकले नेपाली काँग्रेसका नेता पूर्व साँसद स्व. सुर्यप्रसाद प्रधानको यहि साउन २० गते परेको बार्षिक तिथीमा स्मृति सभा गर्ने निर्णय गरिएको सचिव ज्योति भण्डारीले जानकारी दिनुभयो ।

बैठकमा नेपाली काँग्रेस तिलोत्तमा नगर समितिका सभापति हरिलाल पाण्डे, क्षेत्र नं. ३ का सचिव घनश्याम चालिसे, क्षेत्र नं. ४ का उपसभापति परशुराम ढकाल, महाधिवेशन प्रतिनीधिहरु रामबहादुर कार्की, युवराज गिरी लगायतले धारणा राख्नुभएको थियो ।