रामराज पोख्रेल/
प्रधानमन्त्री के.पी. शर्मा ओलीले सहमति पालन नगरेको भन्दै नेपाली कांग्रेससंग मिलेर सरकार ढालेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) कुनै भवितव्य र अनौठो नभएमा यही साउन १९ गते बुधबार नै संभवत प्रधानमन्त्रीमा निर्वाचित हुने छन् । संसदमा अविश्वासको प्रस्ताव पेश भएपछि संसद मार्फत प्रधानमन्त्री ओलीले राजीनामा दिएका थिए ।
राजीनामालाई स्वीकृत गदै एकसाता भित्र सहमतीय सरकार गठनको समय राष्ट्रपति विद्यादेवी भण्डारीले दिएकी थिइन् तर त्यो समय गुजारेका प्रमुख दलका शिर्ष नेतालाई आईतवार राष्ट्रपति भवन सितलनिवाश बोलाएर बहुमतिय सरकार गठनको म्याण्डेट प्रदान गरेसंगै प्रमुख पार्टीको रुपमा रहेको नेपाली कांग्रेसलाई साथमा लिएर तेस्रो पार्टीको रुपमा रहेका माओवादी केन्द्रका अध्यक्ष दाहालले सरकार गठनको तयारीलाई तिब्रताका साथ अघि बढाएका छन् । भने कांग्रेस संगै मधेसी दल र अन्य साना पार्टीहरु पनि आफ्नो तर्फबाट सरकारमा कसलाई मन्त्री बनाएर पठाउने भन्नेमा पार्टी भित्रै रस्सा कस्सी गरिरहेका छन् ।
प्रधानमन्त्री बन्ने निश्चित जस्तै भएका दाहालको पार्टी भित्र मन्त्री बन्नेहरुको भीडलाई व्यवस्थापन गर्न समेत अहिले हम्मे हम्मे परेको अवस्था सार्वजनिक भइरहेका छन् भने मुख्य मियोको रुपमा रहेको कांग्रेस भित्र पनि ठुलै रडाको मच्चिरहेको छ । पार्टी सभापति शेर बहादुर देउवा र दाहाल विच मन्त्रालयको संख्यामा भागवन्डा मिल ेपनि गृह र अर्थमन्त्रालय वाहेकका कुन कुन मन्त्रालय कसले पाउने भन्नेमा अझै टुंगो लागेको छैन भने कस कसलाई मन्त्री मन्डलमा पठाउने भन्ने पनि टुंगो अझै अनिर्णीत जस्तै छ ।
करिव गृह सहित १३ मन्त्रालय पाउने पक्का पक्की जस्तै भएको कांग्रेसले सरकार बनेपछि प्रधानमन्त्री हुने दाहालसंग राजनीतिक, कुटनीतिक र अन्य ढंगले मन्त्री मण्डल भित्र भिड्न सक्ने को हुन सक्छ भन्नेमा आम काग्रेसजनले चासो राखिरहेका छन् । देउवा सभापति नहुदा सम्म अर्को समुहसंग बार्गेनिङ गरेर आफ्ना निकटका व्यक्तिलाई पद दिलाउन सफल हुदै आएकामा सभापति भएर नेतृत्वमा गएपछि आफैले कसरी त्यसलाई व्यवस्थापन गर्छन् त्यो पनि चासोको रुपमा छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टी भित्र दोस्रो, कृष्ण प्रसाद सिटौला तेस्रो र खुमबहादुर खड्का, अर्जुनरसिंह केसी, प्रकाशमान सिंह संगपनि राम्रै शक्ति भएकाले ती सबै पक्षलाई व्यवस्थापन गर्न देउवाले सकेनन् भने हिजो दोस्रो शक्तिका रुपमा रहदा आफुले तत्कालिन पार्टी सभापति शुसिल कोइरालालाई लगाउने गरेको आरोप आज आफैले सामना गनुपर्ने अवस्था निश्चित रुपमा आउछ ।
माओवादी केन्द्रका अध्यक्ष दाहालको नेतृत्वमा गठन हुने सरकारमा पार्टीको नेतृत्व गरेर जाने भन्नेमा थुप्रै शिर्ष नेताहरुको चाहना सार्वजनिक भएका छन् । ती नामहरुमा लामो समयदेखि पार्टी भित्र वैचारिक रुपमा नेतृत्व दिदै आएका अर्जुननरसिंह केसी पछिल्लो दिनमा पार्टीलाई संस्थागत बनाउनुपर्छ र त्यसका लागि देउवाको नेतृत्व चाहिन्छ भन्दै महामन्त्रीमा हार्छु भन्ने थाहा हुंदाहुंदै पनि देउवालाई सभापतिमा निर्वाचित गराउने नेता हुन् ।
उनको दावी अनुसार १८ वर्षदेखि कुनै पनि लाभको पदमा नगएकाले र पार्टी भित्र लोकप्रिय पात्रसंगै माओवादी संग डटेर वैचारिक रुपमा लड्न सक्ने भएकाले आफुले नेतृत्व गरेर जानुपर्ने विचारमा केसी छन् । भने सिटौला माओवादी द्वन्द्वलाई व्यवस्थापन गर्न मध्यमार्गी भुमिका खेलेको र दाहाललाई आफुले वाहेक अरुले मिलाएर लैजान नसक्ने भन्दै नेतृत्वको दावी गरिरहेका छन् ।
त्यसैगरी देउवालाई पार्टी विभाजित हुदा देखि र ओली सरकार विस्थापित गराउन भुमिका खेलेका विमलेन्द्र निधीले पनि आफ्नो लगाव, क्षमता कै कारण नेतृत्व गरेर जानुपर्ने तर्क राखिरहेका छन् । यी तीन बाहेक पनि प्रचण्डसंग भोलीका दिनमा रस्साकस्सीमा पार्टीको तर्फबाट नेतृत्व गरेर सरकारमा जान चाहनेको लामै लिष्ट छ ।
त्यसमध्ये पुराना र त्यागी नेता कुल बहादुर गुरुङ, देउवालाई सधै साथ दिइरहेका पुराना नेता गोपाल प्रसाद श्रेष्ठ तथा पार्टी भित्रको दोस्रो शक्ति पौडेल समुह र कोइराला परिवारका सदस्य देउवाले पनि अन्यलाई भन्दा सजिलै स्वीकार गर्ने डा. शेखर कोइराला लगाएतले नेतृत्व गरेर जाने चाहना राखेको बताइन्छ ।
भने मन्त्रीमा चाहना राख्नेहरुको नामावली पनि लामै छ । जसमध्ये मन्त्री बन्ने पक्का पक्कै जस्तै भएकाहरुमा बालकृष्ण खांण, अर्जुनरसिंह केसी, डा. शेखर कोइराला, नविन्द्रराज जोसी, डा. प्रकाशसरण महत, सितादेवी यादव, रमेश लेखक, महेन्द्र यादव रहेका छन् । ओली सरकारको नेतृत्वमा माओवादी केन्द्रबाट नेतृत्व गर्ने टोप बहादुर रायमाझीले शसक्त भुमिका खेल्न नसक्दा एमाले र माओवादी केन्द्रको सहमति लामो समय रहन नसकेकाले त्यसबाट पाठ सिक्दै सरकारमा नेतृत्व गरेर अगाडी बढ्ने, बैचारिक रुपमा पार्टीका एजेन्डालाई सरकारमा स्थापित गराउन सक्ने क्षमता भएको नेताले नेतृत्व गर्नुपर्ने धारणा आम कांग्रेसजनको छ ।
यता माओवादी केन्द्रबाट प्रधानमन्त्री बन्ने दाहाल बाहेक मन्त्रीमा पठाउनेको नाम अहिले सम्म निश्चित जस्तै भएकामा कृष्ण बहादुर महरा, हितराज पाण्डे, प्रभु शाह छन् । त्यसै मधेसी मोर्चा तत्कालै सरकारमा जाने नजाने निश्चित छैन । भने विजयकुमार गच्छदारको नेतृत्वको मधेसी जनाधिकार फोरम लोकतान्त्रिक सरकारमा गएको खण्डमा गच्छदार नै जाने निश्चित छ ।
उनलाई सरकारमा नलैजान मधेसी मोर्चाले कांग्रेस माओवादी केन्द्रको गठनबन्धनलाई दवाव दिदै आएतापनि गच्छदार भने त्यसको विपक्षमा छन् । उता १४ वर्ष पछि प्रतिपक्षमा बस्ने निश्चित जस्तै भएको नेकपा एमालेबाट दाहालको विपक्षमा को उम्मेदवार बन्ने भन्नेमा अझै टुंगो लागेको छैन । तर वामदेव गौतम वा सुवासचन्द्र नेम्वाङ मध्ये एक लड्ने बताइन्छ तर हार्ने निश्चित जस्तै भएकाले रिक्स कसले लिन्छ ।