बुधबार नयाँ प्रधानमन्त्रीका लागि चुनाव,भोलि उम्मेदवारी

220

बुधबार नयाँ प्रधानमन्त्रीका लागि चुनाव,भोलि  उम्मेदवारी

Samsadबुटवल्,१७साउन / नयाँ प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदमा पर्सी बुधबार निर्वाचन हुने भएको छ ।सहमतीय सरकार गठन गर्न दलहरु असफल भएपछि राष्ट्रपति विद्या भण्डारीले बहुमतीय सरकार गठनका लागि संसदमा रहेका दलहरुलाई आहृवान गरेकी छिन् ।सोमबार नै बसेको संसदको बैठकमा सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री चुनावका लागि १९ गते विहान ११ बजेको बैठक तोकेकी छन् ।साथै निर्वाचनका लागि आवश्यक प्रक्रिया सुरु गर्न महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिएकी छन् । लगतै संसद सचिवालयले प्रधानमन्त्री निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको छ ।जस अनुसार प्रधानमन्त्रीका लागि भोलि मंगलबार उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । ल्होत्से हलमा विहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ता गर्न सक्नेछन् ।साढे ४ बजे उम्मेदवारको सूची सार्वजनिक गरिनेछ । बुधबारको विहान ११ बजेको बैठकले प्रधानमन्त्री चयन गर्नेछ ।