विश्व आदिवासी दिवसमा सप्ताहव्यापी कार्यक्रम गरिने

402

विश्व आदिवासी दिवसमा सप्ताहव्यापी कार्यक्रम गरिने

1
बुटवल, १८ साउन । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् रुपन्देहीले विश्व आदिवासी दिवस सप्ताहव्यापी कार्यक्रम गरी मनाउने भएको छ ।

अगष्ट ९ (साउन २५) गते परेको २२ औं विश्व आदिवासी दिवसको अवसरमा विभिन्न रचनात्मक कार्यक्रम गरिने महासंघले जनाएको छ । महासंघको प्रचार विभागले आज बुटवलमा पत्रकार सम्मेलन गरी दिवसमा गरिने कार्यक्रमको वारेमा जानकारी गराएको हो ।

यही साउन २० गते लुम्बिनी अंचल अस्पताल बुटवलका विरामीलाई फलफुल वितरण, साउन २२ गते रक्तदान, साउन २३ गते अन्र्तक्रिया, साउन २४ गते तयारी बैठक र साउन २५ गते विशाल ¥याली निकालिने महासंघका अध्यक्ष दल बहादुर छन्त्यालले जानकारी गराउनुभयो ।

साउन २५ गते प्रथम सहिद लखन थापाको शालिकमा माल्यार्पण गरी विभिन्न जातिय भेषभुषामा विशाल ¥याली ट्राफिक चोकमा पुगी सभामा परिणत हुने महासंघले जनाएको छ । कार्यक्रमलाई आदिवासी अगुवा केवी गुरुङले संबोधन गर्ने कार्यक्रम रहेको छ । महासंघका प्रचार संयोजक टेक मास्की रानाको अध्यक्षता र सदस्य सोनु थापाको संचालनमा कार्यक्रम भएको थियो ।