ट्रम्प राष्ट्रपतिका लागि योग्य छैन : ओबामा

289

ट्रम्प राष्ट्रपतिका लागि योग्य छैन : ओबामा

वासिङ्गटन, १९ साउन । अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकामा हुन गइरहेको राष्ट्रपतीय निर्वाचनको लागि रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिको लागि योग्य नभएको दाबी गर्नुभएको छ ।

रिपब्लिकन पार्टीले ट्रम्पको समर्थन गरेकोमा उहाँले प्रश्न गर्नुभएको छ । विश्वकै शक्तिशाली पद ओगट्न तयार हुनुभएका ट्रम्प त्यस लायक नभएको ओबामाले बताउनु भएको छ ।

विगतका रिपब्लिकन पार्टीका अन्य राष्ट्रपति वा उम्मेदवारसँग नितीगतरुपमा मत भिन्नता रहेतापनि राष्ट्रपतिको पद नै सम्हाल्न अयोग्ग ठान्ने नगरेको ओबामाले बताउनु भएको छ । रासस÷एएफपी