क्यास र संकल्पद्वारा झुम्साका पहिरोपीडितलाई राहत

258

क्यास र संकल्पद्वारा झुम्साका पहिरोपीडितलाई राहत

rahat 1
बुटवल, १९ साउन । पाल्पाको दोभान गाबिस ४ झुम्सामा पहिरोमा परि बिस्थापित भएका  ६ घरपरिवारलाइ राहत प्रदान गरिएको छ । भिषण वर्षा पछि साउन ११ गते सिद्धार्थ राजमार्गको छेउमै रहेका ६ घर परिवार पहिरोबाट  बिस्थापित भएका थिए ।

सो घटनामा एक जनाको ज्यान समेत गएको थियो । एम्स कलेज, काउन्सिल अफ एम्स इस्टुडेन्ट (क्यास) र संकल्प नेपालले संयुक्तरुमा पहिरो प्रभावित परिवारलाई राहत सामाग्री प्रदान गरेका हुन् ।

rahat 2

लत्ताकपडा, म्याट, बिस्कुट चिउरा, खाध्य सामाग्रि बितरण गरिएको हो । प्रभावित परिवारलाई केही सहयोग गर्नुपर्छ भन्ने भावनाले बिद्यार्थिहरुले थोरै थोरै संकलन गरेर राहत समाग्रि संकलन गरिएको एम्सका क्याम्पस प्रमुख दीपक ढकालले बताउनुभयो । ढकालले एक जनाको ज्यान जाने गरि पहिरोले बिस्थापित परिवारलाई सबैको सहयोगको खाचो रहेकाले कलेजले सहयोगको हात बढाएको बताउदै सबैलाई सहयोग गर्न आग्रह गनुृभयो ।

rahat 3

झुम्सा निवासी समाजसेवी तथा प्राध्यापक महेन्द्र पाण्डेले बिस्तापित परिवारहरु बर्षातको समयमा बिचल्लिमा परेकोले बसोवासको व्यवस्था गर्न राज्य स्तरबाट सहयोेगको खाचो रहेको बताउनुभयो ।

पहिरोले बिस्थापित भए पछि ६ घरका परिवारहरु अहिले सडक बिभागको कम्पाउण्मा बस्दै आएका छन् । पीडित परिवारले बसोवासको व्यवस्था मिलाई दिन सरकारसंग माग गरेका छन् । कार्यक्रममा एम्सकी कलेजकी बिद्यार्थी  रेजुना श्रेष्ठ, संकल्प नेपालका सुनिल क्षेत्री लगायतले बोलेका थिए  ।