भण्डाफोर अभियान

393

भण्डाफोर अभियान

बुटवल, १९ साउन । नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी) रुपन्देही क्षेत्र नं ७ को इलाका स्तरीय भेला तथा संसदीय व्यवस्थाको भण्डाफोर अभियान आज लुम्बिनी सांस्कृतिक नगरपालिकामा सम्पन्न भएको छ ।

पार्टीको संगठन विस्तार तथा सुढृणीकरण अभियान अन्तरगत आज भेला तथा संसदीय व्यवस्थाको भण्डाफोर अभियान कार्यक्रम भएको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले नयां जनवांदी क्रान्ति सम्पन्न गर्नका लागि तयारीमा रहन कार्यकर्तालाई निर्देशन दिएका थिए ।

उनीहरुले प्रचण्डतर्फ इंगित गदैं माओवादी केन्द्र संसदीय आहालमा दुवेकाले त्यससंग सचेत रहन आग्रह समेत गरेका थिए । कार्यक्रममा पार्टी रुपन्देहीका संयोजक भुलबहादुर सुनारी, जिल्ला सचिवालय सदस्य आरपी शर्मा, जिल्ला सदस्य द्धय टिपु सुल्तान, मजिम अलि लगायतले बोल्नु भएको थियो ।

भेलाले हकिकुल्लाह खां सचिव रहेको २७ सदस्यीय क्षेत्रीय समिति गठन गरिएको छ । त्यस्तैं भेलाले जवस मोर्चा अन्तरगत मुश्लिम, दलित, किसान, युवा, मधेसी, बुद्धिजीवि, महिला मोर्चा समेत गठन गरिएको नेता आरपी शर्माले जानकारी दिनुभयो ।

भेला हकिकुल्लाह खांको अध्यक्षतामा सम्पन्न भएको थियो ।